एजेन्सी । शाहरुख खान निर्देशक इम्तियाज अलीको आउदो चलचित्रमा अभिनय गर्न तयार भएका छन्। भारतिय सञ्चार माध्यमका अनुसार शाहरुखले देवानन्दको चलचित्र 'गाईड' मा निर्वाह गरेको भुमिकावाट प्रभावित भएर गर्न लागेका हुन् ।
देवानन्दले ६० को दशकमा विजय आनन्द निर्देशित चलचित्र 'गाईड'मा अभिनय गरेका थिए । शाहरुखले चलचित्रमा गर्न लागेको अभिनयले उनको खसकिदो नैतिकतामा बल पुग्ने देखिन्छ । चलचित्रको महिलाको भुमिकामा अनुष्का शर्मालाई लिएको भनिएता पनि इम्तियाज अलीको सो चलचित्रमा शाहरुखसँग अनुष्का देखिने सम्भावना रहेको देखिदैन । चलचित्रको फीमेल लीडको तय अहिले सम्म हुन सकेको छैन ।