arrow

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु, मृतक सय नजिक पुगे

logo
सौरभ गिरी,
प्रकाशित २०७७ मंसिर १९ शुक्रबार
corona-killed-final.jpg

नेपालगञ्ज । बाँकेमा बिहीबार राति थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ४५ बर्षीय पुरुषको बिहीबार राति ९ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । 

त्यस्तै दाङको तुलसीपुरकै वडा नम्बर ५ का ८१ बर्षीय पुरुषको पनि राति पौने ११ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

त्यस्तै दाङका २६ बर्षीय युवकको पनि कोरोनाबाट मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का २६ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा बिहीबार राति १२ः१० बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ९७ जनाको मृत्यु भएको छ । बाँकेमा उपचाररत जिल्ला बाहिरका ५८ जना र बाँकेका ३९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ