arrow

वासस्थानको व्यवस्थापन नगरी करिडोर निर्माण कार्य थालेपछि पीडितद्धारा विरोध

logo
नारायण वली, 
प्रकाशित २०७७ मंसिर १९ शुक्रबार
tinau-danab-karidor-birodh.jpg

रुपन्देही । रुपन्देहीका तीन स्थानिय तह बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिकाले विकासको उज्यालो किरण ल्याउन तिनाउ–दानव करिडोरको निर्माण आवश्यक रहेको भन्दै डीपीआर निर्माण सकिएसंगै शिलान्यास कार्य पनि गरे । 

तर, विडम्वना सो आयोजनाको तामझामका साथ शिलान्यास हुँदासमेत त्यसक्षेत्रका स्थानियहरुलाई वैकल्पिक स्थानको व्यवस्था गरिएको छैन । जसका कारण तिनाउ–दानव करिडोरका स्थानीयहरुले आफुहरुलाई उचित बासस्थानको ब्यबस्था नभए, निर्माण कार्य रोकिने आक्रोश पोखेका छन् । 

बुटवलस्थित तिनाउ–दानव नदीलाई आधार बनाएर निर्माण गर्न थालिएको करिडोरका स्थानीयहरुले बुटवलको कैलाशनगरमा भेला भएर बिरोध जनाएका हुन् । स्थानियहरु भन्छन् –‘हामीले यसविषयमा छलफल गर्नका लागि बुटवल उप–महानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, उप–प्रमुख गोमादेवी आचार्य र सडक डिभिजन कार्यालयका प्रमुख लगायतलाई वोलायौं, तर कोही पनि आएनन् ।’

उक्त भेलामा आए त केवल वडा न ११का वडासदस्य नकुल शाहीले उपस्थिति जनाए र प्रभावित जनताको गुनासो सुन्दै जनताको मागलाई पूरा गर्नका लागि आवश्यक जग्गा खोजीकार्य गरिरहेको सुझाए । 

स्थानियहरुले यदि आफूहरुको मागलाई बेवास्ता गरी स्थानीय प्रशासनको बल प्रयोग गरी हटाउन खोजिए त्यसको प्रतिकारमा उत्रिने जनाएका छन् । स्थानीय दिपेशराज नेपालले भने, ‘करिडोर निर्माण त हुन थाल्यो तर यहाँका स्थानियहरुलाई थाहा नै छैन करिडोरको नक्सा कहाँ पर्छ भनेर ।’

तिनाउ–दानव नदीको दायाँबायाँ निर्माण हुने दुई लेनको सडकका लागि त्यहाँ रहेका घर–टहराहरु हटाउने गरी लिखित प्रतिवद्धता जनाएका तीन स्थानिय निकायहरु अहिले व्यवस्थापन वारे कुनै चासो नदेखाएको आरोप लगाएका छन्, भने यता सथानिय तहका प्रमुखहरुले औपचारिक कार्यक्रममा व्यवस्थापन गर्ने कार्य भैरहेको जनाउँदै आएका छन् । 

करिडोरका लागि ७ सय ५ घर–टहराहरु विस्थापित गर्नुपर्ने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
तिनाउ–दानव नदीको वारपार ५० किलोमिटर करिडोर निर्माणका लागि ४५ हेक्टर जमिन आवश्यक पर्ने बताईएको छ । 

वस्ती व्यवस्थापन, खोलाको क्षेत्रफल र सडकको नक्साङ्कन भूभाग टुङगाउनु पर्ने वारे बुटवल उपमहानगरपालिका, डिभिजन सडक कार्यालय बुटवल र ४ वटा वडा कार्यालयहरुमा ज्ञापनपत्र समेत बुझाएको संघर्ष समितिका अध्यक्ष बावुराम उपाध्यायले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ