arrow

लुकेको इतिहास : अर्काको संगीतमा एउटा गीत मात्रै गाए अम्बरले

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
news-amber.JPG.jpeg
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका जाज्वल्यमान एवं कहिल्यै ननिभ्ने तारा बरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा उपचार गर्दा गर्दै निधन भयो । लामो समयदेखि विरामी रहेका गुरुङको खासगरी खाने नलीमा समस्या देखिएको थियो । उपचारका लागि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएकामा मंगलबार राति निधन भएको हो । 
 
हजार बढी गीतमा संगीत भरेका अम्बर गुरुङको अजम्बरी यात्रा नेपाली सांगीतिक क्षेत्रमा एक इतिहास बनेको छ । गरुङको एउटा लुकेको इतिहासबारे खासै चर्चा भएन । तर, गुरुङ र नेपाली संगीतका हस्ती नातीकाजि श्रेष्ठको सम्बन्धबारे कुनै समय निकै चर्चा भए । कतिपयले दुई हस्तीबीचको सम्बन्ध निकै गाढा भने कसैले नातीकाजी र अम्बर गुरुङबीच दरार उत्पन्न भएका चर्चाहरु चलाए । 
 
अम्बर गुरुङको एउटा लुकेको इतिहास । गरुङले जीवनमा अरुको संगीतमा एउटा गीत बाहेक गाएनन् । नेपाली संगीतका दुई हस्ती नातीकाजि र अम्बर गुरुङमात्रै खारिएका साधक थिए । जुन समयमा यी दुईबीचको सम्बन्धलाई अझ अटुट बनाउन राष्ट्रकवि माधव घिमिरेले महत्वपूर्ण अबसर जुराई दिए । माधव घिमिरेको शब्दमा अम्बरले नातीकाजिको संगीतमा एउटा गीत गाए । ‘पहिलो बास बस्दछ यात्री’ यो गीत बाहेक गुरुङले अरुको संगीतमा गीत आएनन् ।
 
यो एक इतिहास बन्यो । नेपाली राष्ट्रिय गानको संगीत सम्मको यात्रामा गुरुङले थुप्रै गीतमा संगीत भरे भने, थुप्रै गीतमा स्वर दिए । सैनिक गान ‘रातो र चन्द्रसूर्य’को संगीतकै कदर गरी नेपाली सेनाले गरुङलाई महासेनानी एवं कर्णेलको मानार्थ सम्मान दियो । त्यति मात्रै होइन कुनै समय नातीकाजि र अम्बर गुरुङ मात्रै सुर साधक तथा प्रशिक्षक थिए । रन्जीत गज्मेर र गोपाल योन्जन अम्बर गुरुङका शिष्य थिए । पछि गोपाल योन्जनले आफ्नै धार बनाए । दार्जिलिङमा जन्मेपनि गुरुङ नेपाली सांगीतक आकाशका लागि सेतु बने । दार्जिलिङका कयौं शिष्य सिकेर बाहिर गए । 
 
यस्तै, अर्को महत्वपूर्ण एक सम्बन्ध ‘एक दशक सम्मको शीत युद्ध’ गुरुङ र नारायण गोपालबीच मिलन । यो मिलन समेत राष्ट्रकवि माधव भिमिरेले जुराएको मानिन्छ । गणतन्त्र स्थानपना पछि गठन भएका विभिन्न प्रतिष्ठान मध्य नेपाल संगीत नाट्य प्रतिष्ठानका पहिलो उपकुलपति समेत रहेका गुरुङको राष्ट्रिय सम्मानका साथ हिन्दु र बौद्ध परम्पराबाट पशुपति आर्यघाटमा अन्त्येष्टी हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ