arrow

संघीय गठबन्धनको रिले अनसनमा दमननाथ, सन्दरमणि र मातृका पनि

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
gathabandhan--rele-ansan.jpg.jpeg
काठमाडौं । विभिन्न ३१ दल सम्मिलित संघीय गठबन्धनले तेस्रो चरणको आन्दोलन थालेको छ । राजधानीको खुला मञ्चमा मंगलबार रिले अनसन सुरु गरेर गठबन्धनले तेस्रो चरणको आन्दोलन थालेको हो ।
 
पहिलो दिन विभिन्न क्षेत्रबाट समर्थन गर्ने र धन्यवाद दिने कार्यक्रम भएको छ । असार मसान्त सम्म चल्ने रिले अनसन प्रत्येक दिन विहान ७ बजेबाट साँझ ७ बजे सम्म हुने संघीय गठबन्धनका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारीले जानकारी दिए । 
 
रिले अनसनका क्रममा हुने आगामी कार्यक्रमबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने भण्डारीले बताए । पहिलो दिन पूर्व सभामुख दमननाथ ढुंगाना, नागरिक समाजका अगुवा सन्दरमणि दीक्षित र नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य मातृका यादव खुलामञ्च पुगेर आन्दोलनमा समर्थन जनाए । यद्यपि, मात्रिकाको पार्टी वर्तमान सरकारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ