arrow

बरिष्ठ संगीतकार गुरुङको पार्थिव शरीर पशुपति आर्यघाटमा

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
news-amber.JPG.jpeg
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका कहिल्यै ननिभ्ने तारा बरिष्ठ संगीतकार अम्बर गुरुङको पार्थिव शरीर पशुपति आर्यघाट पु¥याइएको छ  । ७९ वर्षको उमेरमा उपचार गर्दा गर्दै निधन भएका गुरुङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दु र बौद्ध परम्परानुसार अन्त्येष्टी हुने भएको छ । यसअघि, नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीबाट गुरुङको शव यात्रा भएको थियो । 
 
गुरुङलाई श्रद्धान्जली दिनेहरुको पशुपति आर्यघाटमा भीड लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति आर्यघाटमै श्रद्धान्जली दिने बताइएको छ ।  लामो समयदेखि विरामी रहेका गुरुङको खासगरी खाने नलीमा समस्या देखिएको थियो । उपचारका लागि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएकामा मंगलबार राति निधन भएको हो । हजार बढी गीतमा संगीत भरेका अम्बर गुरुङको अजम्बरी यात्रा नेपाली सांगीतिक क्षेत्रमा एक इतिहास बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ