arrow

संविधानमा भएका विभेदकारी धारा हटाइनु पर्दछ : उपेन्द्र यादव

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
gathabandhan--rele-ansan.jpg.jpeg
काठमाडौं। सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सबै भाषाभाषी, सांस्कृतिक एकतालाई सम्बोधन गर्ने संविधान बनाइनुपर्ने बताए ।  गठबन्धनले आजदेखि खुलामञ्चमा सुरु रिले अनसनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यादवले संविधानमा विभेदकारी व्यवस्था भएकाले संशोधन आवश्यक रहेको बताए । अन्तरिम संविधानमा व्यवस्था भएको समावेशीतालाई अहिलेको संविधानले न्यून बनाएको यादवको आरोप छ । 
 
‘सबै जातजातिले हाम्रो संविधान हो, भन्नका लागि अहिले भएका त्रुटि सच्याइनु पर्दछ’–सङ्घीय समाजवादी फोरमका अध्यक्ष यादवले भने, ‘संविधानमा भएका विभेदकारी धारा हटाइनु पर्दछ ।’ उनले दु्रत मार्गबाट ल्याइएको संविधानले आफूहरुको माग पूरा नगरेकोले स्वीकार्य नहुने बताए ।  
 
संयोजक यादवले मुलुक अहिले सङ्कटमा परेको बताउँदै अहिलेको सरकारले भ्रष्टाचार, कालोबजारी र तस्करलाई प्रसय दिएको आरोप लगाए ।  आफूहरु सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने भन्दै उनले सहमतिको सरकारमा पनि सहभागी नहुने तर्क गरे । 
 
खुलामञ्चमा सुरु भएको रिले अनसनमा राष्ट्रिय मधेस समाजवादी फोरमका अध्यक्ष शरत्सिंह भण्डारी, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईलगायत गठबन्धन आबद्ध दलका ३० जना रिले अनसनमा बसे ।  
 
विभिन्न २६ बुँदे माग प्रस्तुत गर्दै गठबन्धन आजदेखि खुलामञ्चमा अनसन सुरु गरेका छन् । प्रत्येक दिन बिहान ७ देखि साँझ ७ बजेसम्म आगामी असार मसान्तसम्म अनसनमा बस्ने सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी गराए । अनसनमा गठबन्धनमा आबद्ध २९ दल सहभागी छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ