arrow

१० वर्षमा गरिने ओद्यौगिक गणना

logo
प्रकाशित २०७७ मंसिर २१ आइतबार
industry2.jpg

वाग्मती । प्रत्येक १० वर्षमा हुने ओद्यौगिक गणना अर्थात् सर्वेक्षण कार्य मकवानपुर र धादिङमा आइतबारदेखि शुरु गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत रहेको जिल्ला तथ्याङ्क कार्यालय हेटौँडाद्वारा मकवानपुर तथा धादिङमा उक्त सर्वेक्षण प्रारम्भ भएको सो कार्यालयले जनाएको छ । 

तथ्याङ्क कार्यालयका प्रमुख राजेश दासका अनुसार करिब १० महिनादेखि कारोना महामारीका कारण जारी गरिएको लकडाउनले स्थगित रहेको सर्वेक्षण कार्य सुरक्षा मापदण्ड अपनाउँदै पुनः शुरु गरिएको छ । सर्वेक्षणमा तथ्याङ्क कार्यालय मकवानपुर कार्यक्षेत्रअन्तर्गत पर्ने मकवानपुरको ३४० र धादिङको २१७ औद्यौगिक प्रतिष्ठान रहेकामा लकडाउनमा १४० प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिएको थियो । 

यसपटक बाँकी रहेका ४१७ प्रतिष्ठानको तथ्याङ्क सङ्कलन हुने छ । राष्ट्रिय अर्थतन्त्रमा औद्यौगिक क्षेत्रको योगदान, सम्भावना, चुनौती, समस्या, रोजगारीको अवस्थालगायतका विविध पक्ष समेटेर सर्वेक्षण सञ्चालन गरिएको उनले बताए । 

केन्द्रीय तथ्याङ्क विभागको स्वीकत कार्यक्रमअन्तर्गत गत फागुन १२ गतेदखि शुरु हुनुपर्ने सो कार्य कोरानाका कारण लकडाउनले स्थगित गरिएको थियो । दश वर्षको अन्तरालमा हुने सर्वेक्षण यसअघि २०६६ सालमा भएको थियो । दश जना कामदार भएको प्रतिष्ठानलाई मात्र सो सर्वेक्षणमा समावेश गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ