उत्सब मनाउन सुरुमा प्रशासनको अनुमति, अहिले बन्द गर्न पत्र
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ मंसिर २१ आइतबार
491
Shares
रौतहत । रौतहटको चन्द्रपुर ८ सन्तपुरमा भइरहेको समाचकेवा उत्सव नमनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले पत्र काटेको छ । प्रशासनले पहिला मेला लगाउन अनुमति दिएको भएपनि उत्सब उद्घाटन भइसकेपछि आइतबार मङ्सिर २१ गते उत्सब बन्द गर्न पुन पत्र काटेपछि सो क्षेत्रमा तनाबको अवस्था उत्पन्न भएको छ ।
परम्परागत रुपमा समाचकेवा उत्सव हरेक बर्ष लाग्दै आएको छ । थारु सांस्कृतिक पर्व भएकोले यस वर्ष पनि मनाउन निरन्तरता दिनै पर्ने भनि यहि मङ्सिर १८ गतेदेखि २८ गतेसम्म मनाउनको लागि शान्ति सुरक्षा मिलाइदिन स्थानीयले जिल्ला प्रशासन कार्यालय रौतहटमा अनुरोध गरेका थिए। सोहि अनुरोध बमोजिम लाग्न दिएको उत्सवमा अत्यधिक भिडभाड भएको र विभिन्न माध्यमबाट जनगुनासो समेत आएकोले भनी आफ्नै निर्णय उल्टाउदै उत्सव नमनाउनको पत्र काटिएपछि स्थानिय आक्रोशित बनेका छन ।
प्रशासनले दबाबमा आयर येस्तो निर्णय गरेको आरोप स्थानिय मन्दिप चौधरीको छ । पहिला आफै आयोजना गर्न अनुमती दिने प्रशासनले सबै स्टल,पिङ,फलफूल लगायतका व्यापारी आइसकेपछि एकाएक बन्द गर्न आदेश दिनु भनेको प्रशासनको दादागिरी रहेको चौधरीको आरोप छ ।
अहिले स्थानीय,उत्सब आयोजक र ब्यापारीहरुले चन्द्रनीगाहपुर गौर सडक अबरुद्ध गर्दै प्रशासन विरुद्ध नाराबाजी समेत गरि रहेका छ्न ।