arrow

संविधान निर्माण गर्ने प्रमुख दल नै कार्यान्वयनमा बाधक : कमल थापा

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
Kamal-Thapa.jpg.jpeg.jpeg
हेटौँडा। उपप्रधानमन्त्री एवम् राप्रपा नेपाल अध्यक्ष कमल थापाले संविधान जारी गर्ने प्रमुख दल नै अहिले सत्ता परिवर्तन गर्ने खेलमा लागेकाले संविधान कार्यान्वयनमा बाधक देखिएको बताएका छन् । अध्यक्ष थापाले आज हेटौँडामा राप्रपा नेपाल मकवानपुरको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै अहिले सत्ता हेरफेरभन्दा पनि संविधान कार्यान्वयन गर्न सबै दलले ध्यान दिनुपर्ने बताए । 
 
उनले प्रमुख दलहरुले आपसी विवादलाई त्यागेर जनताको आर्थिक स्तर वृद्धि गर्न संविधान कार्यान्वयन र स्थायित्वको एकजुट हुनु पर्दछ भने । अध्यक्ष थापाले विगत १८ वर्षदेखि स्थानीय निकायको निर्वाचन नहुँदा विकास निर्माणका काम हुन नसकेको यथार्थलाई ध्यानमा राखेर स्थानीय निकायको निर्वाचन गर्न प्रमुख दल विभाजित हुन नहुने बताए । 
 
सो अवसरमा केन्द्रीय सदस्यत्रय दीपकबहादुर सिंह, मधु अधिकारी र राजाराम बर्तौला तथा सांसद गणेश थापाले स्थानीय निकायको चुनाव गर्नुपर्ने बताए । स्थानीय हुप्राचौरबाट ¥याली सुरु भई नगर परिक्रमा गर्दै पल्पसा रोडसम्म पुगेको थियो । 
 
अध्यक्ष थापाले विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नव प्रवेशीलाई टीका र माला लगाई स्वागत गरे । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ