arrow

उद्योगी केडिया अपहरणमा संलग्न नेविसंघका नेता पक्राउ

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
nepal-student-union.jpg.jpeg
कलैया। प्रहरीले उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई मङ्गलबार पक्राउ गरेको छ । 
 
वीरगन्जका उद्योगी केडियाको यही जेठ १३ गते वरियारपुरबाट वीरगन्ज आउने क्रममा पसाहा पुल नजिकैबाट अज्ञात समूहले अपहरण गरेको थियो । अपहरणकारीलाई सहयोग गरेको भन्दै महागढीमाई नगरपालिका–२ धनसीवा गाउँबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताउनुभयो । 
 
अपरहणमा संलग्न रहेको आरोपमा प्रहरीले अन्य तीन जनालाई पक्राउ गरिसकेको छ । अपहृत उद्योगी केडियालाई भारतीय प्रहरीको सहयोगमा भारतबाट अपरहणमुक्त गराइएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ