arrow

समाजसेवी सिंहद्वारा रेडक्रसलाई जग्गा दान

logo
लोकेन्द्र बिश्वकर्मा,
प्रकाशित २०७७ मंसिर २४ बुधबार
kiran-sing.PNG

जाजरकोट । नेपाल रेडक्रस सोसाइटी उपशाखा बारेकोट गाउँपालिकाको भवन निर्माण गर्नको लागि स्थानीय एक युवाले जग्गा दान गरेका छन ।  

बारेकोट २ का समाज रुपान्तरणमा निरन्तर खटिएका समाजसेवी किरण सिंहले गाउँपालिकाको प्रसाशकिय केन्द्र लिम्सामा पायक पर्ने गरी कित्ता नम्बर ६१७ को क्षेत्रफल ०-३-२-१ अर्थात एक सय १३ दशमलब २६ बर्गमिटर जग्गा रेडक्रसलाई दान गरेको रेडक्रसका सभापति हरिबहादुर बस्नेतले जानकारी गराए । 

सभापती बस्नेतका अनुसार, ‘रेडक्रस जिल्ला शाखा खलंगामा भेटघाट् कार्यक्रम गर्दै  कागजपत्र,लालपुर्जा,युवा सिंह सहित उनका बुवा मानवहादुर सिंहले हस्तान्तरण गरेका हुन, समाजसेवी सिंहका वुवा मानबहादुर नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सदस्य समेत रहेका छन ।
 
बिहान बेलुका हातमुख जोड्नलाई कठिन पर्ने गरिब,दुखीहरु र यस्ता समाजका निम्ति काम गर्ने संघ-संस्थाहरुलाई सहयोग गर्न पाउँदा आफु खुसी भएको समाजसेवी युवा सिंहको भनाई रहेको छ । 

यता रेडक्रस उपशाखाको भवन निर्माण कार्य लगत्तै सुरु हुने भएको छ । यसका लागि बारेकोट गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको सभापति बस्नेतले  जानकारी गराए । 

रेडक्रस सोसाइटीले भीषण बाढी पहिरोमा बिभिन्न गाँस,बाँस,कपास लगायतका राहत तथा उद्धार सामग्रीहरु बितरण गरेको थियो । साथै जग्गा दान गर्ने समाजसेवी युवा सिंहले पनि यस्ता कार्य गर्दै आएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ