arrow

पर्साको शिक्षा कार्यालयमा करोडौंको अनियमितता

शिक्षामन्त्री समेतको मिलेमतो

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०७३ जेठ २६ बुधबार
Rambinaya-Singh.jpg.jpeg
वीरगंज । शिक्षामन्त्री गिरीराजमणी पोखरेल, शिक्षा सचिव विश्वप्रकाश पंडित र पर्साका जिल्ला शिक्षा अधिकारी रामविनय सिंह समेतको मिलेमतोमा पर्सामा रु पाँच करोड भन्दा बढीको भ्रष्टाचार भएको छ । 
 
विभिन्न जिल्लाबाट लगभग ४६ वटा जिल्लान्तर सरुवा र २२ जनालाई प्र.वि., नि.मा.वि. र मा.वि. मा राहत दरबन्दी श्रृजना गरेर मन्त्री र सचिवको आर्शिवादमा करोडौ रुपैया जि.शि.अ. सिंहले असुल गरेका छन् । दुई वर्ष अगाडी अख्तियारले जि.शि.अ. रामविनय सिंहलाई भ्रष्टचार गरेको अभियोगमा निलम्वन गरेको थियो तर सो बखत उनको भागमा पर्ने भ्रष्टाचार वापतको रकम दाखिला गरी तत्कालिन सरकारका मन्त्री र सरोकारवालालाई रिझाएर जम्मा एक वर्ष निलम्बनमा परी पुःन पर्साको जि.शि.अ भई आएपछि रामविनय सिंहले पुरानै रवैया अख्तियार गरी आप्mनो लुटतन्त्रलाई निरन्तरता दिएका छन् । 
 
जेष्ठ महिना बित्न लाग्दा पनि जि.शि.अ सिंहले युनिसेफ, टि.पी.टि. को कुनै कार्यक्रम संचालन नगरी सो वापतको बजेट कागज बनाएर खाने तैयारीमा रहेको कर्मचारीहरु बताउछन् । त्यसैगरी पाठ्यपुस्तक वापतको आधा रकम विद्यालयमा पठाई बाकि आधा रकम पनि खाने तैयारी भईरहेको उनीहरुको दावी छ । 
 
मर्मत संम्भार गर्नु पर्ने विद्यालय भवन निर्माणको सम्झौता भईसक्दा पनि कमिसनको कुरा नमिलेकोले हाल सम्म पैसा रोकेर राखीएको एक जना प्रधानाध्यापकले बताए । जि.शि.अ सिंहले गरेको हरेक भ्रष्टाचारको साक्षी किनारा बस्दै आएका विद्यालय निरीक्षक देवेन्द्र कर्णले पनि दुवै हातले शिक्षाको बजेट लुटिरहेका छन् । उनले दस लाख तेइस हजार सात सय रुपैया एकमुस्ठ, दुई लाख चौसठ्ठी हजार तिन सय पचास रुपैया अनौपचारीक शिक्षा, पाँच लाख पाँच हजार रुपैया युनिसेफ र सात लाख बत्तिस हजार तिन सय चालिस रुपैया एकमुस्ठ गरी २५ लाख २० हजार ९९० रुपैया पेश्की लिएर छोरालाई चाइनामा एम.डि. गराए बापतको शुल्क तिरेको र हाल कागज मिलाएर झ्वाम पार्ने तैयारी भइरहेको एक कर्मचारीले जानकारी दिए । 
 
वि.नी. कर्णले वारा जिल्लाको शिक्षा कार्यालयमा छंदा विभिन्न शिर्षकमा लिएको रु १२ लाख रुपैयाको पेश्की फर्छाैट गरेका छैनन् । जिल्ला शिक्षा कार्यालय पर्सामा दुई वटा टिप्पणी रजिष्टर बनाइएको छ । कथम कदाचित कोहि खोज्न आएमा वास्तविक टिप्पणी रजिष्टर भेटिदैन । अनियमित काम गर्ने टिप्पणी रजिष्टर देवेन्द्र कर्णले राख्ने गरेका छन् भने जेनरल टिप्पणी रजिष्टर मनोज चौधरीसंग रहने गरेको छ । जि.शि.अ सिंहले कमाएको अकुत सम्पतीबाट काठमाडौंमा घडेरी, वीरगंजको ४,५ ठाँउमा घडेरी आफ्न्तको नाउँमा रहेको र मलंगवामा विशाल तिन तले घर बनाएको कर्मचारीहरु बताउछन् । जि.शि.अ सिंहको श्रीमति सुधा सिंह सुरजि देवि मा.वि. को शिक्षीका भएपनि उनलाई विद्यालय नगई सोझै तलव खाने छुट पनि दिईएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ