arrow

नेकपा नेताका छोरासहित तीन पक्राउ

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
neta-putra.PNG

उर्लाबारी । गत कार्तिक २८ गते उर्लाबारी–९ दुर्गापुरीका व्यवसायी इन्द्र लामामाथि सांघातिक हमला गर्ने समुहका तीन जना पुनः पक्राउ परेका छन् । उनीहरु घटना लगतै पक्राउ परेपनि राजनीतिक दलका स्थानीय अगुवाको दबाबमा केहि घण्टापछि छुटेका थिए ।

व्यवसायी तथा सामाजिक अभियान्ता लामा साथीहरु संग आफ्नै काष्ठ मिलमा खानपिन गरिरहेका बेला आक्रमणमा परेका थिए । उर्लाबारी–८का प्रज्वल गौतम नेतृत्वको ८-१० जनाको समुहले लामालाई कुटपिट गरेका थिए । घरेलु हतियारसहित आएको समुहको आक्रमणले बेहोस भएका लामालाई तत्कालै बिर्तामोडको बी एण्ड सी अस्पताल पुर्याएर उपचारार्थ भर्ना गरिएको प्रत्यक्षदर्शी पत्रकार मिलन के राउतले बताए । 

लामाको टाउको र हातमा गहिरो चोट छ । विहीबार इलाका प्रहरी कार्यालय उर्लाबारीले आक्रमणमा संलग्न उर्लाबारी–८ का प्रज्वल गौतम, केशव घिमिरे र खेमराज ओझालाई नियन्त्रणमा लिएको हो । आक्रमणमा संलग्न प्रज्जवल सत्तारुढ नेकपा उर्लाबारीका अध्यक्ष उमाकान्त गौतमका छोरा हुन् भने केशव घिमिरे उर्लाबारीस्थित सुनगाभा बोर्डिङका शिक्षक र खेमराज ओझा पशु प्राविधिक हुन् ।

 लामामाथि आक्रमण भएसंगै घटनामा एक थान काठको दराज, आइफोन ६, आइप्याड एयर २ मा क्षति भएको जनाइएको छ । पक्राउ परेका तीनै जनालाई अभद्र व्यवहार सम्बन्धि मुद्दा चलाइएको प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए । उनीहरु लाई विहिबार नै म्याद थप गरिएको प्रहरीले जनाएको छ । अन्य आक्रमणकारीको पहिचान खुल्न नसकेकोले अनुसन्धान भइरहेको इन्सपेक्टर पोखरेलको भनाई छ ।

यसअघि पक्राउ परेका तीनै जनालाई छुटाउन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोसहित उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी र स्थानीय ठेकेदार नेत्र घिमिरेले प्रहरीलाई दबाब दिएको स्रोतले जनायो । यद्यपि जाहेरी नपरेकोले पनि तत्काल अनुसन्धान गरिएन भन्दै प्रहरी स्रोतले भन्यो– ‘घटनाको प्रकृति हेर्दा पीडितको जाहेरी उपयुक्त ठहरेकोले मुद्दा चलाइएको हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ