arrow

गुरुङ् विद्यार्थीको राष्ट्रिय महाधिवेसन सम्पन्न

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ जेठ २६ बुधबार
gurungs.jpg.jpeg
स्याङ्जा ।  नेपाल तमु(गुरुङ) विद्यार्थी छोंज धीको नवौ राष्ट्रिय महाधिवेसन स्याङ्जाको वालिङमा सम्पन्न भएको छ । तिनदिन सम्म चलेको राष्ट्रिय महाधिवेसनले स्याङ्जाका रिमबहादुर तमुको अध्यक्षतामा ५३ सदस्य केन्द्रिय कार्य समिति चयन गर्दै सम्पन्न भएको हो । महाधिवेसनले १५ सदस्यीय राष्ट्रिय परिषद सदस्य समेत चयन गरेको छ । ४२ जिल्लाबाट सहभागी प्रतिनिधिहरुबाट देशभर समेट्ने गरी केन्द्रिय कार्यसमिति चयन गरेको निर्वाचन समितिले जनाएको छ । सर्वसहमतिबाट चयन गरिएका प्रतिनिधिहरुमा बरिष्ठ उपाध्यक्षमा काठमाण्डौका पुकार तमु, उपाध्यक्षमा चितवनका विभस तमु, महिला उपाध्यक्षमा काठमाण्डौंकी फुलमाया तमु, महासचिवमा नवलपरासीका बिष्णु तमु रहेका छन् । 
 
यसै गरी उपमहासचिवमा लमजुङ्का सुन्जित तमू,कोषाध्यक्षमा दोलाखाका किशोर तमू, सह—कोषाध्यक्षमा राकेश तमू, संगठन सचिवमा काठमाण्डौंका तेजबहादुर तमू, प्रचार सचिवमा गोरखाका पूर्णचन्द्र तमू रहेका छन् । सदस्यहरुमा काठमाण्डौंकी सरला तमू, रसुवाका प्रफुल तमू, सिन्धुपाल्चोका शुक्र तमू, म्याग्दीका सिता तमू, सिन्धुपाल्चोकका सुरेन्द्र तमू, काठमाण्डौंका नरेन्द्र तमू, काठमाण्डौका मिलन तमू, इलामका प्रविण तमू, काठमाण्डौंका सुरज तमू र रसुवाका शिशिर तमु रहेका छन् । महाधिवेसनले विभागिय, प्रदेशीय र प्रादेशिय क्षेत्रबाट समेत संयोजक चुनेको छ ।
 
 शैक्षिक तथा अतिरिक्त क्रियाकलाप विभाग संयोजकमा कास्कीका सोमबहादुर तमू, भाषा, सहित्य तथा संस्कृति विभागीय संयोजकमा कास्कीका धनु तमू, महिला विभाग संयोजकमा कास्कीकी आशा तमू, विदेश विभाग प्रमुखमा दोलाखाका विनय तमू, प्रशिक्षण तथा अनुशासन विभागीय प्रमुखमा काभ्रेका गौतम तमू, सर्वसहमतिबाट चयन भएका छन् । यसै गरी प्रदेश संयोजकहरुमा लिम्वुवानमा ताप्लेजुङ्का शैलेन्द्र तमू, ताम्सालिङ प्रदेश संयोजकमा धादिङका दोलख तमू, नेवा प्रदेश संयोजकमा काठमाण्डौंका कृष्ण तमू, तमुवान प्रदेशका संयोजकमा पर्वतका  जितेन्द्र तमू, मगरात प्रदेश संयोजकमा म्याग्दीका समि तमू, अवधा प्रदेशको संयोजकमा रुपन्देहीका भभता तमू, खसान प्रेदेश संयोजकमा सुखे्रतका सिर्जना तमू, थारुहट प्रदेशको संयोजकमा बाँकेका सुस्मा तमू चयन भएका छन् । 
 
त्यसै गरी प्रादेशिक क्षेत्रबाट लिम्वुवानमा ताप्लेजुङका भुपेन्द्र तमू, तामसालिङमा रामेछापका प्रभेस तमू रहेका छन् । केही प्रदेश र प्रादेशिक क्षेत्रमा पछि मनोनयन गरिने समितिले जनाएको छ । 'पहिचान सहितको तमुवान स्वायत्त प्रदेशका लागि निर्णयक आन्दोलन, बहुभाषिक शिक्षा नीति सहितको संघिय शिक्षा प्रणाली लागु गराउन नवौ महाधिवेसन” भन्ने मुल नाराका साथ गुरुङ विद्यार्थीहरुको राष्ट्रिय महाधिवेसन स्याङ्जाको वालिङमा सम्पन्न भएको हो । 
 
२०५२ सालमा स्थापना भएर रुपन्देहीको बुटवलमा पहिलो अधिवेसन गरेको विद्यार्थी छोज धीको नवौ महाधिवेसन स्याङ्जाको वालिङमा सम्पन्न भएको छ । सम्पन्न महाधिवेसन पछि नवनिर्वाचित अध्यक्ष रिमबहादुर तमूले आफ्ना अधिकारमा अडिग रहदै मुलुकमा जारी भएको संविधान कार्यन्वयनको पक्षमा लडाई लडिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ