arrow

रणवीर र वाणीको चुम्बन, कथाले मागेको : दिपिका पादुकोण

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
rvd.jpg.jpeg
एजेन्सी । आदित्य चोपडाले निर्देशन गरेको चलचित्र 'बेफिक्रे' मा रणवीर सिंह र वाणी कपूर बीच २३ पटक गरेको चुम्बनले बलिउड तातेको छ ।  'बेफिक्रे' को सुटिङ्ग पेरिसमा चलिरहेको छ  । चलचित्र सन् २०१६ को अन्त्यमा रिलिज हुने जनाइएको छ । निर्देशनक आदित्य चोपडाले रणवीर र वाणीको चुम्बन रहेको पहिलो पोस्टरमा सार्वजनीक गरेका छन् ।
 
भारतिय सञ्चारमाध्यमले  अभिनेत्रि दीपिका पादुकोणलाई बेफिक्रेको पोस्टरबारे प्रश्न गर्दा उनले भनिन् , यो हेरेर कसैलाई पनि  रुचि हुनेछ । रणवीर र दीपिका पादुकोण  प्रेम सम्बन्धमा रहेका छन् ।    टाइम्स अफ इन्डियाले केहि हप्ता अघि गरेको प्रश्नमा उनले , " मैले अहिले सम्म सो चलचित्रको पोस्टर हेरेको छैन " भनेकी थिइन् । 
 
पछिल्लो समय दीपिकासँग पुन: सोहि  प्रश्नमा उनले भनिन् - " यदि कथाले मागेको भए कलाकारलाई त्यो सिन दिन आवश्यक हुन्छ ।" दीपिकाले रणवीर - वाणीको चुम्बनले आफुलाई कुनै समस्या नरहेको बताएकी छन् । दिपिकाले पनि बलिउडको सुरुवातीमा चलचित्रमा किसिंग सीन्स दिइन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ