arrow

भारतीय सेनामा कार्यरत युवाले सगरमाथा चढेपछि गाविसमा खुशीयाली

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
sagarmatha-news-FNL.jpg.jpeg
काठमाडौं । आफ्नो गाविसका युवाले सगरमाथा आरोहण गरेपछि तनहुँ जिल्लाको गजरकोटे गाविसमा खुशियाली छाएको छ । गाविसबासी युवा मदन रानाले विभिन्न भारतीय सैनिकहरूको नेतृत्व गर्दै सगरमाथाको सफल आरोहण गरेपछि गाविसबासीमा खुशियाली छाएको हो । 
 
तनुहँ जिल्लाको विकट गजरकोटे गाविसमा पर्ने डुम्कोट निवासी रानाले गत जेठ सात गते सगरमाथाको सफल आरोहण गरेका थिए । भारतीय सेनामा कार्यरत उनीसँगै झण्डै डेढ दर्जनको संख्यामा अन्य भारतीय सैनिकहरू पनि सगरमाथा आरोहणमा गएका थिए । उनीहरूमध्ये सबै सफल आरोहण गर्न सफल भएका थिए । 
 
यसरी विकट गाविसको जनजातीको छोरोले सगरमाथाको सफल आरोहण गरेको यो पहिलो घटना रहेको भन्दै गाविसवासीमा समेत खुशियाली छाएको हो । त्यसैमाथि भारतीय सैनिक टोलीको नेतृत्वसमेत गरेर नेपाली बहादुरीपनको परिचयसमेत दिएकोले पनि उनीहरूमा खुशीयाली छाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ