arrow

नगद सहित पाल्न दिएको गाई, मासुका लागि मारियो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ जेठ २६ बुधबार
gaimara.JPG.jpeg
स्याङ्जा। स्याङ्जा भिरकोट नगरपालिका २ का केशव कोइराला यतीबेला तनावमा छन् । लामो समय गाई पालेर दुधमोही खादै आएको गाई उमेर अवस्थाले पाल्न नसकेपछि पाल्न दिएको गाई मारिएको खवर पाएपछि उनी तनाव बनेका हुन् । गाई हिन्दुहरुले लक्ष्मीको रुपमा मान्दै आएको र देशले राष्ट्रिय जनावरको रुपमा लिने गरेको छ । उमेर अवस्थाले गाई पाल्न नसक्ने भएपछि भिरकोट नगरपालिका १० का ५६ बर्षिय पदमबहादुर विकलाई कोदो सहित ५ सय नगद दिएर गाई पाल्न कोइरालाले दिएका थिए ।
 
गाई पाल्न लिएर हिडेको पदमबहादुरले घरमा नपुर्‍याई नजिकैको रुखमा बाधेर गाईलाई बन्चरो प्रहार गरी मारे । गाईलाई मारेपछि भाग्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरिदिए । प्रहरी घट्नास्थलमा पुगेर गाईको मुजुल्का तयार गर्दा समेत पदमबहादुरलाई थाहा थिएन कि म पक्राउ पर्दैछु भनेर । पदमबहादुर पक्राउ परेपछि मृत गाईको खोजी गर्दा कोइरालाको भएको पुष्टी भएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक उत्तमप्रकाश बरालले बताए ।
 
 प्रहरी कोइरालाको घरमा पुगर घट्नावारे जानकारी दिएपछि मात्रै कोइराला झस्याङग भए । गाई राम्रो सगँ पाल्ला भनेर पैसा र अन्न दिएर पठाए कोइरालाको भनाई उदृत गर्दै प्रहरी निरिक्षक बरालले भने उल्टो गाई पो मारेछ भन्दै उनी अत्यन्तै चिन्तामा देखिए । गाइ मार्ने विक यतीबेला वडा प्रहरी कार्यालय वालिङको नियन्त्रणमा रहेका छन् ।
   
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक उत्तमप्रकाश बरालका अनुसार ५ बर्ष उमेरको गाईलाई विकले बन्चरो प्रहार गरी हत्या गरेकोले विकलाई पक्राउ गरेको बताए । विकले गाई मार्नुको सबै रहस्य सहित प्रहरीले बुधवार पत्रकार सम्मेलन गरी विकलाई सार्वजनिक गरेको छ ।
 
 मुलुक धर्मनिरपेक्ष भएपनि कानुन अनुसार गाई मार्न नपाईने भएकाले पनि विकलाई मुलुकी ऐन चौपाय महलको दफा ११ नं. अनुसार जानी जानी गाई मार्नेलाई १२ बर्ष जेल सजाय र मार्न बचन दिनेलाई ६ बर्ष कैदको व्यवस्था गरिएको छ । विकले मासु खाने रहले बन्चरो प्रहार गरी गाईको हत्या गरेको खुल्न आएकोले मुलुकी ऐन चौपाय महल अनुसार नै कारवाहि हुने प्रहरी निरिक्षक बरालले बताए । 
 
विकले भने गाई हत्या गर्ने मेरो कुनै योजना थिएन तर एक्कासी मलाई त्यस्तो अवस्था कहा बाट आयो थाहा भएन । अहिले गाई मारेकोमा विकलाई पछुतो लागेको छ । हत्या गरिएको गाईको जिल्ला पशुसेवा कार्यालय स्याङ्जाले पोष्टमार्टम गरी दाहसंस्कार समेत गरिएको प्रहरीले जनाएको छ ।
 
 स्याङ्जामा गाई हत्या गर्ने सबैभन्दा बढी दलित परिवारका रहेका छन् । मुलुकमा संविधान जारी भएर मुलुकलाई धर्म निरपेक्ष घोषणा भएपछिको गाई हत्या भने यो पहिलो घट्ना भएको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ