arrow

सुशीला खड्काको क्रुर तरिकाले हत्या 

logo
मणि गैह्रे, 
प्रकाशित २०७७ मंसिर २८ आइतबार
Killed.jpeg

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा एक महिलाको हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिए ।

शनिबार राति खड्काको टाउको र मुखमा धारिलो हतियार प्रयोग गरी क्रुर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आंशकामा प्रहरीले डेरामा सुशिलासंगै बस्ने भतिजा तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

मृतक महिलाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ