arrow

शिक्षा अधिकृत दानबहादुरको कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ मंसिर २८ आइतबार
danbahadur-bista.jpg

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा आइतबार बिहान ३ः३० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए । 

मृतक नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखामा कार्यरत अधिकृत दानबहादुर बिष्ट हुन् । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर २४ गते पीसीआर परीक्षण गराएका उनमा २५ गते कोरोना पुष्टि भएको थियो । उनी २७ गते भेरी अस्पताल भर्ना भएका थिए । 

कडा खालको कोभिडका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अब बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । त्यस्तै डोटीको दिपायल सिलगढी ५ का ४९ वर्षीय पुरुषको मृत्यु भएको छ । 

उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बेलुकी ७ः४५ बजे उपचारका क्रममा मृत्युु भएको छ। योसंगै बाँकेमा जिल्ला बाहिरका ६८ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ