arrow

'ढलो-छिटो राजसंस्था व्यूँतन्छ'

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ जेठ २६ बुधबार
District-03-Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले ढिलो छिटो संवैधानिक राजसंस्था व्यूँतिने बताएका छन्। पाँचथरको फिदिममा आज पार्टीको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्दनेले जनताले राजसंस्था चाहेकाले व्यूँतिते बताएका हुन्।
 
सडक र सदनमा पार्टीले संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउँदै आएको र जनलहर पनि आउँदै गएकाले बहुमत पुर्‍याएर व्यूँताई छाड्ने ढृडता व्यक्त गरे। राजतन्त्रलाई फालेर ल्याएको लोकतन्त्र र गणतन्त्रको जनताले प्रत्याभूत नगरेको लिङ्देनको धारणा छ।
 
ठूला दलहरुले मुलुकलाई लोकतान्त्रिक गणतन्त्रात्मक भनिएको तर क्रमिक रुपमा मुलुकमा भ्रष्टाचार, हिँसा, अशान्ती भएको बताए। यस्तै उनले हिन्दु राष्ट्र र राजसंस्था नहुँदा मुलुकको पहिचान नै गुमेको बताए। अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य अमिर मादेनले कँग्रेस, एमाले, माओवादी लगायतका पार्टीहरुले जातजातिवीचमा भिडाएर सद्भाव खल्बल्याएको आरोप लगाए। ती पार्टीहरुले समाजवाद,साम्यवाद र माओवादी लाद्न खोजेकाले मुलुकमा परिवर्तन नभएको उनको ठम्याई छ।
 
अर्का केन्द्रिय सदस्य छविरमण सुवेदीले राप्रपा नेपाल मात्रै छलकपट नगर्ने र जनताको वैचारिक आस्थाको धरोहर भएको बताए। उनले सरकारले भूकम्प पीडितको पक्षमा कामै गर्न नसकेको पनि आरोप लगाए। मेची अञ्चल समन्वय समितिका सदस्य तेजकुमार कुरुम्बाङले पनि पार्टी सम्बैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्र पुनसर्थापनाका लागि ढृड भएर अघि बढेको बताए।
 
अधिवेशनलाई कँग्रेसका सभापति नरेन्द्रकुमार केरुङ, एमाले अध्यक्ष राजकुमार भण्डारी, माओवादी नेता लालवहादुर गुरुङ, राप्रपा नेता शेरवहादुर मुखिया, सँघीय लिम्वूवान पार्टीका सचिवालय सदस्य चन्द्रराज आङदेम्बे, राप्रपा नेपालका वरिष्ठ नेता कृष्णप्रसाद योङया, उपाध्यक्ष कमल चेम्जोङ लगायतले सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका थिए। 
अधिवेशनको खुल्ला सत्रमा सचिव जगत थापाले सांगठानिक र कोषाध्यक्ष डिल्लीकुमार आले मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। जिल्लाका विभिन्न गा.वि.स.तथा नगरपालिकाबाट गरी प्रतिनीधि र पर्यवेक्षक अधिवेशनमा सहभागी छन्। अधिबेशनले नयाँ नेतृत्व चयन गर्दै भोली सकिने सो पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ