arrow

नेविसंघ निर्वाचन : संघीय संरचनामा साउनमा गर्न केन्द्रीय सदस्यहरूको जोड

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
nebisangha-300x155.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघको आउँदो महाधिवेशन संघीय संरचनामा आउँदो साउनमा गर्न अधिकांश केन्द्रीय सदस्यहरूले जोड दिएका छन् । मंगलबारदेखि काठमाडौंमा सुरूभएको नेविसंघ केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले संघीय संरचनामा आधारित रहेर निर्वाचन गर्न सुझाव दिएका थिए । 
 
दोस्रो दिनसम्म आईपुग्दा नेविसंघका ४० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् । आफ्नो धारणा राखेका केन्द्रीय सदस्यहरूले असारमा निर्वाचन गर्नु त्यति उपयुक्त नरहेको भन्दै निर्वाचन भने साउनमा गर्न सुझाव दिएको नेविसंका केन्द्रीय सदस्य एवं महामन्त्रीका आकांक्षी मोतीलाल भण्डारीले जानकारी दिए । 
 
उनका अनुसार केन्द्रीय समिति कति सदस्यीय बनाउने भन्ने विषयमा भने धारणा राख्ने केन्द्रीय सदस्यहरूको मत बाझिएको छ । केही केन्द्रीय सदस्यहरू कार्यसमितिको संरचना १ सय ५१ सदस्यीय भन्दा ठूलो हुनुपर्ने पक्षमा भन् भने केही सदस्यले यसलाई पनि घटाउन सुझाव दिएका छन् । नेविसंघका अध्यक्ष रंजीत कर्णले प्रस्ताव गरेको १ सय ५१ सदस्यीय कार्यसमितिमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । बैठक बिहीबार फेरि बस्ने नेविसंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ