arrow

अशक्त दम्पतीलाई जेसिजले बनाइदियो घर

logo
विवेक मिश्र,
प्रकाशित २०७७ मंसिर २९ सोमबार
jesis-home.jpg

मोरङ । बेलबारी १ का अशक्त असाहय एक जोडि वृद्धवृद्धालाई बेलबारी जेसिजले घर बनाईदिएको छ । जेसिज सप्ताह समापनको दिन सोमबार उनिहरुलाई घर हस्तान्तरण गरिएको हो ।

 साउने झरी होस्  या पुषको जाडो टेकबहादुर मगर र उनकी श्रीमति चन्द्रमाया लामो  समयदेखी एउटासानो फुसको छाप्रोमा रहँदै आएका थिए । उमेरले आठ दशक पार गरिसकेका टेकबहादुर दम्पतिको सन्तान छैनन् । 

स्थानीय छिमेकिहरुको सहयोमा दैनिक गुजारा टार्दै आएका उनिहरुलाई बेलबारी जेसिजले १८ दिन लगाएर घर बनाईदिएको छ । सोमबार प्रदेश एकका प्रदेश सभा सदस्य लोक प्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमको बिच उक्त घर हस्तान्तरण भएको हो ।

 करिव ४ लाख को लागतका उक्त घर निर्माण भएको बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले जानकारी दिए । घर पाएपछि वृद्ध टेक बहादुरले खुसि हुदै भने यो उमेरमा आएर घरमा बस्न पाइयो अब केहिवर्ष वढि नै बाँचिन्छ होला ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ