arrow

प्रधानमन्त्री ओलीको इसारामा राष्ट्रपति भण्डारीले काम गर्दै –बलायर 

logo
प्रकाश बम,
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
131071654_178722040616655_2.jpg

डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले  प्रधानमन्त्री केपी ओलीको इसारामा  राष्ट्रपति विद्यादेवी भण्डारी चलेको आरोप लगाएका छन् । नेपाली कांग्रेस डोटीले दिपायलमा आयोजना गरेको बृहत विरोध सभालाई सम्बोधन गर्दै बलायलले यस्तो आरोप लगाएका हुन् । 

बृहत सभामा बोल्दै बलायले भने, ‘हामीले त राष्ट्रपतिलाई राष्ट्रको प्रतीकको रुपमा लिएका थियौँ । तर राष्ट्रपति जस्तो व्यक्तिले प्रधानमन्त्रीले लगाएको काम मात्र गर्नु लज्जास्पद हो ।’ विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बलायरले   राष्ट्रपतिलाई आफ्नो गरिमा र मर्यादामा बस्न चेतावनी दिए ।

झैंझगडासंग कांग्रेसको लेनदेन नभए पनि जनताहरुका मागहरु प्रतिसमेत गैरजिम्मेवार तरिकाले प्रस्तुत भइरहेकाले आन्दोलनमा उत्रन बाध्य भएको केन्द्रीय सदस्य बलायरले  बताए ।

त्यस्तै नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य भरत बहादुर खड्काले प्रदेश सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । मुख्यमन्त्री त्रिलोचन भट्टले अघिल्लो पटक गृहजिल्ला आएर प्रदेश राजधानीका बिषयमा झुट बोलेर गएको बताए । प्रदेश राजधानीका लागि आफुले प्रस्ताव दर्ता गर्दा पनि नेकपाका सांसदहरुबाट साथ नपाएको बताए ।

त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य एवम् केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले ओलीले लगाएको राष्ट्रवादी नेताको छवि केवल जनताका आँखामा छारो हाल्ने प्रवृत्ति रहेको बताए । उनले कहिल्यै भारतका गुप्तचर भेट्ने कहिले चीनका राजदूत भेट्ने प्रवृत्तिले उनको राष्ट्रवाद कस्तो रहेछ भन्ने स्पष्ट भइसकेको बताए ।

महाधिवेशन प्रतिनिधि रामप्रसाद उपाध्यायले कम्युनिष्ट सरकारले भिलेन बनेकाले कांग्रेसमाथि हिरोको रोल खेल्नु पर्ने जिम्मेवारी आएको बताए ।

क्षेत्रीय सभापति विजय खड्काले कम्युनिष्टहरुको हातमा सरकार सुम्पदा देश नै कठिन परिस्थितिमा पुगेको बताए । उनले कांग्रेसको काँधमा पुनः जिम्मेवारी आएको जिकिर गरे । अर्का क्षेत्रीय सभापति एवम् शिखर नगरपालिका प्रमुख सीताराम जोशीले कम्युनिष्ट सरकारले देश लुट्ने काम बाहेक अरु केही नगरेको बताए । प्रदेश सरकारले व्यत्तिका नाममा बजेट बिनियोजन भइरहेको आरोप लगाए ।

तरुण दलका अध्यक्ष नारायण बलायरले कम्युनिष्ट सरकारले आधारभूत आवश्यकताहरु माग पूरा गर्नबाट पन्छिएको बताए । त्यस्तै दलित संघका अध्यक्ष लालबहादुर बिकले दलितहरुमाथि कम्युनिष्ट सरकारले विभिन्न सपनाहरु र आश्वासन बाँडेर झुक्याउने मात्र काम गरेको आरोप लगाए । त्यस्तै महिला संघका तर्फबाट सभामा बोलेकी पार्वती चन्दले जनताहरुका मागप्रति गैरजिम्मेवार भएको बताए ।

नेपाली कांग्रेस डोटीका तर्फबाट उपाध्यक्ष लक्ष्मण सिंहले विरोध सभामा उपस्थित सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रम जिल्ला सचिव नारायण जोशीले संचालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ