arrow

सीमाबारे मौन बस्नुको कारण सरकारसँग मागे जीवनबहादुर शाहीले

खोले कम्युनिष्ट सरकारको बेथितिका चाङ

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
jeewan-bahadur-shahi-congre.jpg

सिमकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले सीमाबारे मौन बस्नुको कारण सरकारसँग मागेका छन् । हुम्ला सदरमुकाम सिमकोटमा सरकारविरुद्ध कांग्रेसले प्रदर्शन गर्ने क्रममा बोल्दै नेता शाहीले चीनले मिचेको सीमाबारे केपी शर्मा ओली नेतृत्वको सरकार मौन बस्नुको कारण मागेका हुन् । 

शाहीको नेतृत्वमा हुम्लामा विरोध प्रदर्शन गरिएको थियो । पछिल्लो ३ बर्ष यता सरकारविरुद्ध कांग्रेसले पहिलोपटक प्रदर्शन गरेको हो । तनहुँमा नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार लगायतका घटनाले सर्वसत्तावादको अभ्यासमा सरकार लागेको भन्दै देशैभर प्रदर्शन गर्ने केन्द्रीय सर्कुलर अनुसार हुम्लामा पनि प्रर्दशन गरिएको हो ।

हुम्लामा एक हजार बढी कार्यकर्ता सहभागी भएको विरोध प्रहर्शन पछिको सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दलका नेता शाहीले लिमीको ललोङजोङ्गमा नेपाली भूमिमा चिनियाँ पक्षले सीमा मिचेर भौतिक संरचना बनाएको, लाप्चामा रहेको १२ नम्बर पिलर पुनःनिर्माण गरेको, ९ (२) नम्बर पिलरलाई मध्य बनाएर आफ्नो घेरवार हालेको, किटमा रहेका ६ (१), ५ (१) र ५ (२) नम्बर पिलरलाई आफ्नोतिर पारी नेपाली भूमीमा घेरबार गरेरे नेपाली भूमि मिचेको प्रमाण पेश गर्दासमेत सिमानाका बारेमा अहिलेसम्म सरकार चुप लाग्नुको कारण माग गरेका हुन् । 

‘हाम्रा पुर्खाले भोगचलन गर्दै आएको नेपाली भूभागमा चीनले मनलाग्दी गरेको देख्दादेख्दै पनि जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दलका सांसद र नेताहरुले यसबारेमा चासो नदेखाएको देख्दा निकै अचम्म छ । यही अवस्था हो भने स्थलगत रुपमा चीनको बल मिच्याईका पीडा हुम्लीले भोग्नुपर्नेछ’, शाहीले बताए । सीमान विवादको कुरा बाहिर आइसकेपछि यसको कुटनीतिक तबरबाट समस्या समाधानतिर लाग्नुको सट्टा सरकार अहिलेसम्म रहस्यमय तरिकाले कानमा तेल हालेर बसेको उनको आरोप छ ।

पूर्वमन्त्रीसमेत रहेका नेता शाहीले केपी ओलीमात्र नभएर नेकपाका चारै शीर्ष नेता आचरण खराब भएको बताउँदै वर्तमान नेकपाको सरकार नेपाली जनताले दिएको म्याण्डेट विरुद्ध गएको, जताततै भ्रष्टाचार मौलाएको, हत्या, हिंसा, बलत्कार बढेको र नेकपाका नेताहरुमा पद लोलुपतामा चुर्लुम डुबेकाले देश बरबादीमा फसेको, विकास र सम्बृद्धि नेकपाको सरकारको नारामा सीमित भएको बताउँदै नेता शाहीले तीनै तहका सरकारमा बसेकाहरु देश र जनताको लागि भन्दा पनि आफू कसरी कमाउने भन्ने ध्यानमा लागेको आरोप समेत लगाए । 

आफ्नो भाषणको अधिकांश समय सरकार र हुम्लाका कम्यनिष्ट नेताको विरुद्ध बोलेका शाहीले प्रदेश सरकारका मान्छे योजनामा बीस प्रतिशतसम्म कमिसन माग्ने गरेको आरोप लगाउँदै उनले त्यसको भण्डाफोर गर्न कांग्रेस अब जुर्मुराइसकेकाले वर्तमान सरकारको पत्तासाफ गरेरै छाड्ने बताएका छन् ।

कांग्रेस हुम्लाका नेता तथा कार्यकर्ताको सहभागितामा शुरु भएको र्याली बजार परिक्रमा गरी तल्लो बजारमा गएर कोणसभामा परिणत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ