arrow

बस-ट्रकको टक्कर पछि आगो लाग्दा एकको मृत्यु, २६ घाइते

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
Siraha.jpg.jpeg
गोलबजार (सिरहा)। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस ट्रकसँग जुधेलगतै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् । 
 
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायका अनुसार ना५ख ८५३८ नम्बरको यात्रुबाहक बस र ना२ख ४२९४ नम्बरको ट्रक जुधेको हो । 
 
दुर्घटनामा एक नाम र पहिचान खुल्न नसकेकी एक महिलाको जलेर मृत्यु भएको र बाँकी घाइते यात्रुको उपचार गोलबजारको विभिन्न अस्पतालमा भइरहेको उहाँले जानकारी दिनुभयो । 
 
आगलागीबाट बस पूर्णरुपमा क्षति भएको छ । बससँगै यात्रुको समान समेत जलेर नष्ट भएको छ । अहिले मुसलाधारे पानी परिरहेकाले यात्रुको उपचारको व्यवस्थापन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ