arrow

बन्दकर्ताद्वारा आगजनी र तोडफोड

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
nepal_banda.jpg.jpeg
काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका क्रममा बन्दकर्ताले राजधानीका विभिन्न स्थानमा सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । 
 
बन्दकर्ताले आज बिहान तीनकुनेमा बा१ज २२०६ नंको ट्याक्सीमा आगजनी गरेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै बन्दमा चलाएको भन्दै बन्दकर्ताले मनमैजुमा माइक्रो बस, त्रिपुरेश्वर र त्रिभुवन विमानस्थलद्वार अघि साझा यातायात, वीर अस्पताल अगाडि ट्याक्सी र कलङ्कीमा रात्रिबसमा ढुङ्गा प्रहार गरी सिसा फुटाएका छन् । 
 
प्रहरीले जबर्जस्ती बन्द गराउँदै हिँडेका काठमाडौँमा ३४, ललितपुरमा १४ र भक्तपुरमा तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशमान श्रेष्ठले जानकारी दिए । 
 
राजधानीमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण सार्वजनिक यातायातका साधन कम चलेका भए पनि निजी सवारी साधन र मोटरसाइकल भने उल्लेख्य मात्रामा चलेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ