arrow

बाजुरामा बन्दकर्ता पक्राउ

logo
प्रेम रौले,
प्रकाशित २०७३ जेठ २७ बिहिबार
DSC00470.JPG.jpeg
बाजुरा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा बाजुराबाट २ जना कार्यक्रता प्रहरीले पक्राउ गरेको छ । आन्दोलन गर्दै आएको चन्द समुहका २ जना कार्यक्रतालाइ जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको हो । 
 
उद्योगी व्यापारीहरुको पसलका साथै  जिल्ल विकास समिति बाजुराको कार्यालय बन्द गर्ने क्रममा पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी भुपेन्द्र वि.क. र पवित्रा वि.क. रहको छन् ।
  
पक्राउ परको पवित्रा वि.क.लाई  फिर्ता गरिएको छ भने  भुपेन्द्र वि.कलाई नियन्त्रणमा राखिएको प्रहरिले जनाएका छन् । जनतालाइ दुःख दिने नियतीले गरेको बन्द गर्न नपाइने भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले विहानै देखि कडा सुरक्षा गर्दै आएको  छ । जिल्लामा  चल्ने जीप ट्याक्टरको सवारी साधन भने विहान देखि नै बन्द भएका छन् । छोटो दुरीमा यात्रा गर्ने बाजुरा देखि धनगढी कञ्चनपुर सम्मको यात्रा समेत बन्द गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ