arrow

पुदिनाको परौंठा र साँधेको भटमासले बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० को शीर्ष तीनमा पुगे सन्तोष 

logo
प्रकाशित २०७७ पुष २ बिहिबार
shantosh-shah-sef.jpg

काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल भएका छन् । फाइनल राउन्डको दोस्रो चरणमा नेपाली पहिचानसहित भादगाउँले टोपीमा देखिएका सन्तोष शीर्ष तीनमा पुगेका हुन् । 

फाइनल राउण्डको दोस्रो चरणबाट बुधबार साँझ एक जना बाहिरिएका छन् । बाँकी तीन जना फाइनल राउण्डमा पुगेका छन् । उनले शीर्ष तीनमा रहन बासी भात शैलीमा भुटेको चिउरा , भुटेको खुर्सानी र नुन, गोल्डेन पुरी, गंगटाको करी, साँधेको भटमास, रायोको साग, जिम्बुले मोलेको पोलेको खसीको मासु, पुदिना परौठा र क्रिस्पी प्याज बनाएका थिए ।

सन्तोषले फाइनल एपिसोडको लागि पनि नेपाली खानाका परिकारको तयारी गरेको जानकारी दिए । सन्तोषले प्रतिस्पर्धा जित्नु भन्दा ठूलो नेपाली खानालाई चिनाउने रहेको बताएका छन् । 

उनले उपाधि नै जित्नका लागि प्रयास गर्ने बताएका छन् । यो शो ‘बीबीसी वान’ मा प्रशारण हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ