arrow

लोडसेडिङको मार खेपेको जिल्ला प्रहरी कार्यालयलाई सोलार उपहार

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७७ पुष २ बिहिबार
solar-bitaran.jpg

हुम्ला । लोडसेडिङको मार खेपिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लालाई खार्पुनाथ गाउँपालिकाले सोलार सिस्टम उपलब्ध गराएको छ । अहिले कार्यालयको सबै काम कम्प्युटरबाट हुने भएकाले दैनिक ८ घण्टा लोडसेडिङका कारण कम्प्युटरबाट गर्नु पर्ने सबै काम अबरोध हुने गरेकाले खार्पुनाथ गाउँपालिकाले साढे एक किलोवाटको सोलार सिस्टम उपलब्ध गराएको प्रहरी प्रमुख डिएसपी सूर्यप्रकाश सुवेदीले बताए । 

मंगलबार खार्पुनाथ गाउपालिकाको आर्थिक सहयोगमा उपलब्ध गराइएको सोलार सिस्टम नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले डिएसपी सुवेदीलाई हस्तान्तरण गरेका हुन् । 

उक्त अवसरमा खार्पुनाथ पालिकाका अध्यक्ष कणर्बहादुर रावल, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, खार्पुनाथ गाउँपालिकाका लेखा प्रमुख बिशाल बोहोरा र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता शाहीले भने, ‘हामी जिल्लाका सरकारी कार्यालय र कर्मचारीको सहयोगका लागि विगतदेखि अहिले सदैब लागि परेको र हामी सत्तामा हुँदा या नहुँदा जिल्लामा आउने कर्मचारीहरुको हकहित र सहयोगका लागि अझै पनि सहयोग गर्न तयार छौं ।’

विद्युतका कारण कार्यालयको काममा आईपर्ने संकट तथा असहज परिस्थिति र समस्यालाई ध्यानमा राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुझाव स्वरुप सोलार सिस्टम सहयोग उपलब्ध गराएकामा शाही, रावल लगायत पालिकामा कार्यरत कर्मचारीसहित सम्पूर्ण टिमलाई सुवेदीले धन्यवाद दिए । 

रावलले २ सय वाटका ४ वटा सोलार पात,  १ सय ५० एम्पियरका ४ ब्याट्री र ४ किलोवाट क्षमताको १ थान हाइब्रिड इन्भर्टर खार्पुनाथ गाउँपालिकाको तर्फबाट जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ