arrow

भूकम्प पीडितलाई घर बनाउन ९० प्रतिशत छुटमा काठ वितरण सूरु भयो : मन्त्री सापकोटा

‘‘सहमतीय सरकार नबन्दासम्म ओलीको विकल्प खोजिन्न’’

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
agni sapkota.jpg.jpeg
काठमाडौं । वन तथा भू–संरक्षण मन्त्री अग्नि प्रसाद सोपकोटाले भूकम्प पीडितलाई घर बनाउन सरकारले ९० प्रतिशत छुटमा असारभित्र काठ वितरण प्रक्रिया सुरु भएको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री सापकोटाले भूकम्प पीडितलाई वर्षाबाट जोगाउनका लागि पनि असारभित्र घर बनाउने प्रवन्ध मिलाउन लागिपरेको बताएका हुन् ।
 
उनले भने,'वर्षा सुरु भयो, तर भुकम्प पीडित जनताहरु खुल्ला आकाशमा बसिरहेका छन्, उहाँहरुलाई छानोमा सार्नेगरि सरकारले सम्पूर्ण बन्दोवस्त मिलाएको छ, त्यसको लागि सरकारले काठ वितरण कार्य सुरु गरिसक्यो, अब काठकै कारणले घर बनाउने काममा कुनै बाधा आउँदैन, सरकारले जनताले माँगेजति काठ दिन तयार छ ।’ 
 
मन्त्री सापकोटाले पहिलो चरणमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पूर्नानिर्माणको कार्यलाई तिव्रत दिने बताए । उनले भने‘ 'पहिलो चरणमा हामी १४ जिल्लामा उक्त कामलाई बढाउँछौं ।’ भूकम्प पीडितलाई वितरण काठमामा तलमाथि नहोस भनेर प्रमुख जिल्ला अधिकारी र जिल्ला वन अधिकृतको संयोजकत्वमा वन पैदावर आपूर्ति समिति समेत गठन भैसकेको मन्त्री सापकोटाले जानकारी दिए ।
 
मन्त्री सापकोटाले भुकम्प पीडितलाई सरकारले असारभित्रै पाँच लाख उपलब्ध गराउने दाबी गरे । उनका अनुसार तीन लाख अनुदानमा र बाँकी दुई लाख निव्र्याजी पैसा पीडितलाई दिईनेछ । उनले भने,‘ ' सामूहिक जमानीमा तीन लाख अनुदान वितरण अब सूरु गर्छौं ।’ 
 
सापकोटाले भुकम्पले ध्वस्त बनाएको संरचनाको पूर्नःनिर्माणको कार्यलाई समेत चुस्तदुरुस्त बनाउन प्राधिकरणका सिईओसँग छलफल भैरहेको जानकारी दिए । उनले स्थानीय निकाय, सामान्य प्रशासन मन्त्रालय लगायतका विभिन्न सम्बन्धित निकायमा समन्वयको अभाव भए आफूले प्रधानमन्त्रीलाई त्यसबारेमा निर्देशन दिन पहल गर्ने समेत स्पष्ट पारे । 
 
सहमतीय सरकार बन्ने वातावरण भएमात्रै आफ्नो पार्टीका अध्यक्षले नेतृत्व गर्ने स्पष्ट पारिसकेकोले सहमतिय सरकार गठन नभएसम्म केपी ओली नेतृत्वकै सरकार रहने मन्त्री सापकोटाको दाबी थियो । उनले भने,‘काँग्रेस, एमाले र माओवादीवीच सहमतिको सरकार बनाउने विषयमा पहल भैरहेको छ, अहिले नै सरकार कसको नेतृत्वमा बन्छ भन्नु उपर्युक्त हुँदैन् ।’ 
 
मन्त्री सापकोटाले संविधान कार्यान्वय र संविधान पछिको मुलुकको कार्यव्यवस्थालाई रुपान्तरण गर्नको लागि पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको धारणा राखे । उनले भने,‘प्रमुख राजनीतिक दलहरुवीच एकता भए संविधान कार्यान्वयन गर्न सजिलो हुन्छ, त्यसैले हामीले राष्ट्रिय सहमतिको कुरा गरेका हौं ।’ यद्धपी उनले आफ्नो पार्टी बहुमतीय सरकार बनाउने खेलमा नरहेको दाबी गरे । 
 
सत्तारुढ दल नेकपा एमालेसँग ९ बुँदे सहमति भएको हुँदा सहमति पालना गर्ने कुरामा एमाले गम्भिर हुनुपर्ने उनको धारणा थियो । यद्धपी मन्त्री सापकोटाले दुई शीर्ष नेता प्रचण्ड र प्रधानमन्त्री ओलीवीच भद्र सहमति भए नभएको भन्ने कुरामा आफू अनविज्ञ रहेको स्पष्ट पारे । ‘भद्र सहमति भनेको अलिखित विषय हो, त्यसैले उहाँहरुको भनाईबाट मात्रै हामीलाई थाहा हुने कुरा हो, यसमा मेरो भन्नु केही छैन, उनले थपे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ