arrow

चन्द्रागिरीमा शहरी विकासमन्त्री श्रेष्ठलाई खबरदारी र व्यङग्य

logo
प्रकाशित २०७७ पुष २ बिहिबार
krishna_gopal.jpg

काठमाडौं । खबरदार पार्टी फुटाउन पाइदैन, पार्टी फुटे अपार जनातको मन रुन्छ त्यसैले पार्टी फुटमा होइन जुटेरै अघि बढ्नुपर्छ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन खबरदारी गर्दै स्थानीयले सरकारको साख जोगाउन आग्रह गरेका थिए ।

चन्द्रागिरी नगरपालिका १ वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेका मन्त्री श्रेष्ठलाई  पार्टी फुटाउँदा कार्यकर्ताको केही जादैन तर नेताको पद र सेवा सुविधा गुम्ने त होला नि भन्दै व्यङग गरेका थिए ।

सो क्रममा मन्त्री श्रेष्ठले पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको बताए । उनले भने,‘तपाईहरु ढुक्क हुनुहोस, हामी कुनैपनि हालतमा पार्टी फुट्दैन, फुट्न पनि दिदैनौं । प्रधानमन्त्री केपी ओलीको सरकार पुरै अवधी टिक्नेछ ।’

कार्यक्रममा वागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने बताए । कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडा र सो क्षेत्रको विकासका योजनाबारे जानकारी गराएका थिए ।

उनले अबको समय विकास निर्माणको समय भएको बताउदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ