arrow

च्यान्टे राजाले दिए एम्बुलेन्सको चाबी, गर्भवती र ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिने घोषणा

logo
प्रकाश बम,
प्रकाशित २०७७ पुष ३ शुक्रबार
ambulance-hastantaran.jpg

डोटी । नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेले केआईसिंह गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । 

जनसम्पर्क समिति नर्वेका अध्यक्ष जितेन्द्र शाहीका बुबा दिलबहादुर शाही ‘च्यान्टे राजा’ ले गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । जितेन्द्र शाही केआईसिंह गाउँ पालिका वडा नं ५ केदारगाउँका स्थानीय बासिन्दा हुन् । समितिले एम्बुलेन्सका लागि ८ लाख र गाउँ पालिकाले २ लाख ४५ हजार लगानी गरेको थियो ।

गाउँपालिकाले समितिका अध्यक्ष जीतेन्द्र शाहीका बुबा दिलबहादुरलाई बाजागाजासहित स्वागत गरेको थियो । गाउँपालिका अध्यक्ष शाहीले नेपाली कांग्रेसको जनसम्पर्क समिति नर्वेलाई धन्यवाद दिएका छन् । 

अध्यक्ष शाहीले एम्बुलेन्सको भरपुर सदूपयोग गर्ने प्रतिबद्धता गर्दै कार्यविधि बनाएर गर्भवती महिला र ज्येष्ठ नागरिकलाई उपचारका लागि बाहिर लग्नु परे निःशुल्क सेवा दिने घोषणा समेत गरे । 

त्यसका लागि बजेट समेत बिनियोजीत गर्ने उनले बताए । ‘बरु जनताका लागि अहोरात्र खट्न सक्छु ,सेवासुबिधा भोगतर्फ कहिल्यै मन गएन’, उनले भने, ‘अन्य जनप्रतिनिधिहरुले लाखौंका गाडी चढिरहेका बेला मैले त्यता ध्यान नदिएर जनताका सानाभन्दा साना योजनाहरुमा साथ दिन सकुँ भन्नेमा
जोड दिएँ ।’ 

शाहीले नर्वेमा रहेको भाईलाई एम्बुलेन्समा सहयोग मागेर गाउँपालिकाको बजेट जनताहरुका पीर ब्यथा मेट्न सकिने योजनाहरुमा खर्च गरेको बताए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी दिलबहादुर शाही रहेका थिए भने बिशिष्ठ अतिथीका रुपमा नेपाली कांग्रेसका डोटी सभापति प्रदिप देउवा, अतिथीमा नेपाली कांग्रेसका पार्टी सचिव नारायण जोशी, तरुण दलका अध्यक्ष नारायण बलायर, महासमिति सदस्य प्रतिमा शाही, पूर्व महाधिवेशन प्रतिनिधि नरबहादुर ढाँट, दिपक बिष्ट, दिपक शाही, नेबिसंघका नेता गोबिन्द खड्का लगायतको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ