एजेन्सी। सोनम कपूर आज आफ्नो ३१ औ जन्मदिन मनाइ रहेकी छन्। सोनमको जन्म ९ जून,१९८५ मुम्बईमा भएको हो। स्टाइलिश सोनमले सन् २००७ मा निर्देशक संजय लीला भन्सालीको चलचित्र 'सांवरिया' बाट आफ्नो अभिनय करियरको सुरुवात गरेकी हुन्।
बलिउडमा सोनाम सबै भन्दा स्टाइलिश अभिनेत्री हुन्। उनको ड्रेसिंग सेंसको तारीफ गर्ने बलिउडमा ठुलै समुह रहेको छ। उनले 'दिल्ली-६', 'आयशा', 'आई हेट लभ स्टोरीज', 'मौसम', 'प्लेयर्स', 'रांझणा', 'भाग मिल्खा भाग', 'बेवकूफिया', 'खूबसूरत' लगायत अन्य चलचित्रमा पनि अभिनय गरेकी छन्।