arrow

संविधान जारीपछि राजनीतिक लडार्इं समाप्त – गृहमन्त्री बस्नेत

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
shakti-basnet-new-photo.jpg.jpeg
नेपालगन्ज । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा आजदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि कोहलपुर नपा र आसपासका सात गाविसका नागरिक नागरिकता, राहदानीलगायत प्रशासनिक कामका लागि नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । 
 
कोहलपुर क्षेत्रअन्तर्गत महादेवपुरी, चिसापानी, कचनापुर, नौबस्ता, खासकुस्मा, वनकटुवा र शमशेरगन्ज गाविसका करिब दुई लाख मानिस इलाका प्रशासन कार्यालयको सेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ । 
 
कोहलपुर नगर विकास समितिले उपलब्ध गराएको भवनमा स्थापना गरिएको सो इलाका प्रशासन कार्यालयको गृहमन्त्री शक्तिबहादुर बस्नेतले आज उद्घाटन गर्दै नागरिकको घरदैलोमा सेवा उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकताको विषय भएको बताए  । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेको स्थानीय संरचना गाउँ तहसम्म विस्तार गर्नेतर्पm सरकार क्रियाशील रहेको पनि बताए  । 
 
संविधान जारी भएपछि मुलुकको राजनीतिक लडाईं समाप्त भएको बताउँदै गृहमन्त्री बस्नेतले संविधानले कसैलाई पनि विभेद नगरेको स्पष्ट पारे । उनले भने  – “सरकारले बजेटमार्पmत ल्याएको नीति तथा कार्यक्रम जनमुखी र विकासमुखी छ । यसमा कसैले रुवाबासी गर्नुपर्ने आवश्यकता छैन ।” 
 
सो इलाका प्रशासन कार्यालयका लागि हाल एक शाखा अधिकृत, दुई जना नायब सुब्बा, एक सहलेखापाल, एक कम्प्युटर सहायक र दुई जना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ