स्याङ्जा । महान्यायधीवक्ता हरि फुयाँलले निष्पक्ष न्यायका लागि त्रिकोणात्मक भुमिकाको सहयोगले मात्रै न्याय सम्भव हुने बताएका छन् । जल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको बिहीवार स्याङ्जामा उदघाटन गर्दे महान्यायधिबक्ता फुयाँलले प्रहरी, अदालत र सरकारी वकिलको निप्पक्ष त्रिकोणात्मक सहयोगले मात्र न्याय सम्भव हुनमा बताएका हुन् ।
संसदमा हाल १ सय ३८ वटा कानून निर्माण चरणमा रहेको जानकारी गराउदै महान्यायधीबक्ता फुयाँलले पञ्चवर्षिय रणनीतिक योजना र वैज्ञानिक अनुसन्धान पद्धती अनुरुप अनुसन्धानका काम कारवाही अघि बढेने लक्ष्य रहेको जानकारी गराए । नागरिकको न्याय सम्पादनमा सम्वन्धित निकायले ढिलाई गर्न नहुनेमा जोड दिदै महान्यायधीबक्ता फुयाँलले अनुसन्धानमा त्रिकोणात्मक प्राणाली अपनाउन आग्रह गरे ।
कार्यक्रममा जिल्ला न्यायधीश चन्द्रबहादुर सारु, शहरी विकास तथा भवन डिभिजन कार्यालय कास्कीका निमित्त प्रमुख तपेन्द्रबहादुर कार्की, स्याङ्जाका न्यायधिबक्ता धर्मराज पौडेल लगायतले निष्पक्ष न्याय सम्पादनमा सबैको सहयोग अपरिहार्य रहेको जोड दिए । रसुवा कन्स्ट्रक्सन कम्पनीसंगको ठेक्का संझौता अनुरुप १ करोड ३८ लाखको लागतमा ३ तलाको शौचालय सहित १४ कोठे भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको हो ।
२०७० फागुन महिनामा तत्कालिन महान्यायधीवक्ता बाबुराम पौडेलले शिलान्यास गरेको सो भवन यही फागुन मसान्तमा निर्माण सम्पन्न भई बिहीवारै हस्तान्तरण गरिएको छ । नायब महान्यायधीवक्ता दुर्गाबन्धु पोखरेलको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रमको संचालन सहन्यायधीबक्ता जयप्रसाद श्रेष्ठले गरेका थिए । यसैबीच, लामो समयसम्म सरकारी वलिलको कार्यालय स्याङ्जामा कार्यरत नायब सुब्बा विजय वाग्लेलाई महान्याधीवक्ता हरि फुयालले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।