arrow

महिलालाई निर्णायक तहमा सार्थक सहभागीता 

logo
प्रकाशित २०७७ पुष ४ शनिबार
131942883_774094209984267_5.jpg

धनकुटा । नेपाल महिला संघकी केन्द्रीय महासचिव तथा  राष्ट्रिय सभाकी पूर्व सदस्य धना खतिवडाले महिलाहरुलाई राज्यको निर्णायक तहमा सार्थक सहभागीता गराउनु पर्नेमा जोड दिएकी छिन् । नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयमा भेटघाटको क्रममा उनले कांग्रेसको हरेक तहमा पनि महिलाहरुलाई सार्थक उपस्थिति गराउनु पर्ने बताइन् । 

उनले पार्टीलाई पूर्ण रुपमा एकता गरी संगठन विस्तारमा लाग्नु पर्नेमा समेत जोड दिएकी छिन् । सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, प्रदेश सभा सदस्य सांसद तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बा, नेपाल महिला संघका केन्द्रीय सदस्यहरु शोभा पालुङ्गा, अनु गुरुङ्ग, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, सचिव रविन्द्र नेपाली, महासमिति सदस्यहरु निता आर्चाय, सीता पौडेल, जिल्ला सदस्य खेमराज पौडेल, नगर सभापति रोशन श्रेष्ठ लगायतले समेत महिलाहरुलाई  पार्टीको नेतृत्वमा सम्मानजनक सहभागीता गराएमात्र पार्टी बलियो हुने बताए । 

नेपाल महिला संघको संगठन विस्तारका लागी पूर्वी नेपालको भ्रमणमा आएकी खतिवडासहितको टोलीलाई नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयमा स्वागत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ