arrow

अमेरिकाद्वारा संवाद मार्फत सबै समस्याको समाधान हुने विश्वास

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
nepal-america-flag.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री विलियम टोडबीच आज भएको भेटवार्तामा भूकम्पपछिको पुनःनिर्माण, संविधान निर्माण र कार्यान्वयन, नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग लगायत विषयमा छलफल भयो । 
 
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीको नेतृत्वमा संविधान कार्यान्वयनमा भइरहेका प्रयास र आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय समुदायलाई गरिएको आह्वानको प्रशंसा गर्दै टोडले संविधानप्रति असन्तुष्टि राखेका दलहरुको माग वार्ता मार्फत पूरा गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने र संवाद मार्फत नै सबै समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । 
 
 
प्रधानमन्त्री ओलीले नेपालको संविधान जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको र संविधानमा असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै कसैलाई त्यस्तो लागेको भए त्यसमा पनि वार्ता र संवादमार्फत समाधान खोज्न सकिने बताए । 
 
उनले नेपाल र अमेरिकाबीच आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्न आवश्यक छ भन्दै त्यसका लागि अमेरिकी सरकारद्वारा ६६ वस्तुमा दिइएको कर सहुलियतको प्रशंसा गर्दै नेपालको मौलिक उत्पादन तयारी पोसाक र गलैँचालाई पनि त्यसभित्र समेट्न आग्रह गरे  । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ