arrow

घरमा आगो लाग्दा तेह्र वर्षिय रविन दासको जलेर मृत्यु

logo
विवेक मिश्र,
प्रकाशित २०७७ पुष ५ आइतबार
ghar-balda.jpg

मोरङ । विराटनगर १४ झटियायीमा घुरको आगोले घर जल्दा विराटनगरमा १३ बर्षीय बालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

शनिबार राति घुरमा बालेको आगोले घर जल्दा राजेशकुमार दासका १३ वर्षिय छोरा रविन दासको मृत्यु भएको हो । उनकी श्रीमती ३२ वर्षिया इन्दुदेवी, ७ वर्षिय छोरा किसनकुमार र राजेशकुमार दाससमेत सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।


घाइते इन्दुदेवीको दाहिने हात जलेको छ भने घाइते रवि दासको अनुहार जलेको निरीक्षक दिपक थापाले जानकारी दिए ।

घाइते आमा–छोरा दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ