arrow

नौ सूत्रीय माग राख्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
koshi-tappu.jpg

इनरुवा । सुनसरी कोशी गाउँपालिकाका स्थानीयवासी आन्दोलित भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिकरुपमा निस्कने जङ्गली जनावरका कारणले स्थानीयवासी पीडित भएकाले आन्दोलित हुनुपरेको स्थानीयवासीको भनाइ छ ।  

आरक्षबाट दैनिकरुपमा निस्कने हात्ती, अर्ना, बँदेल, नीलगाईलगायत जनावरले स्थानीयवासीले लगाएको बालीनाली, घर, अन्नपात र मानवीय क्षतिसमेत गर्दै आएकाले यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने स्थानीयवासी श्याम खेरवारले माग गरे । जङ्गली जनावर पीडित संघर्ष समिति सुनसरीले नौ सूत्रीय माग राख्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको समितिका पञ्चनारायण मण्डलले बताए । 

मृतक परिवारलाई क्षतिपूर्तिबापत रु ५० लाख र मृतक परिवारबाट एकजनाको रोजगारको ग्यारेन्टी तथा बालबच्चालाई निःशुल्क उच्च शिक्षा हासिलको व्यवस्था गराउनुपर्ने, जङ्गली जनावरबाट घाइते अपाङ्गता भएकालाई सम्पूर्ण उपचार निःशुल्क गर्नुपर्ने र स्थायी समाधान गर्नुपर्ने, आरक्षका हात्तीसार जङ्गलबाट बाहिर गाउँमा राखिएका कारणले जङ्गली हात्ती आउने गरेकाले आरक्षको हात्तीसार निकुञ्ज भित्रै राख्नुपर्ने माग गरिएको मण्डलले बताए । 

स्थानीय समुदायले उठाएको मागको विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्री, गृहमन्त्री, वनमन्त्रीलगायतलाई ज्ञापनपत्र बुझाउने, कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय अगाडि धर्नासहितका विरोध प्रदर्शन गर्ने, प्रदेश नं १ का मुख्यमन्त्री तथा उद्योग पर्यटन वन तथा वतावरण मन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताइएको छ । 

स्थानीयवासी पीडितको मागप्रति सरकार उदासीन भए कडाभन्दा कडा आन्दोलन गर्ने तयारी गरेको उनको भनाइ छ । आरक्षबाट आउने हात्तीका कारणले दैनिकरुपमा गाउँपालिका क्षेत्रका जनता पीडित भएकाले यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ