arrow

जीवनमा जान्नै पर्ने एक कुरा

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
happy-girl-in-leaves.jpg

काठमाडौं । सुख र दुख कर्मकै आधारमा निर्माण हुन्छ । वास्तवमा भगवान न सुख न दुःख दिने गर्छन् । धेरै मानिसहरु सुखको समय आफ्नो भाग्य र दुख पर्दा भगवानलाई दोष लगाउने गर्दछन् । त्यसो भए मनुष्य जन्मको कारण के हो ? यसको शास्त्र अथवा नियम बुझौं । मनुष्य पुनः-पुनः जन्म हुनुको विभिन्न कारणहरु छन् । त्यसमध्ये प्रमुख कारण हो प्रारब्ध अर्थात पहिलाको जन्ममा गरेको राम्रो-नराम्रो कर्मलाई भोग्ने अनि सामान्य जीवनयापन गर्ने । दस हजारमा केवल एउटा जीव मात्र आध्यात्मिक उन्नतिको लागि जन्म लिन्छ । आनन्दप्राप्तिको लागि आध्यात्मिक उन्नति गर्दछ । जुन आनन्दस्वरूप ब्रह्मबाट हाम्रो उत्पत्ति भएको हो, उहाँसम्म पुग्ने आकर्षण सबैमा धरै-थोरै त रहन्छ । उहाँसम्म पुग्नको लागि अर्थात आनन्दप्राप्ति तथा ईश्वरप्राप्तिको लागि के गर्न आवश्यक छ, यो आध्यात्मशास्त्रले सिकाउँछ ।
 
कुनै पनि व्यक्ति होस्, उसले दुःखको कामना कहिले पनि गर्दैन । उसको प्रयास कहिले पनि दु:ख नहोस् भन्ने नै हुन्छ, तर उसको जीवनमा धेरै पटक दुःखहरु आइरहन्छ । गोस्वामी तुलसीदासजी को कथनानुसार, ‘कन सम दुःख, लागै अति भारु । सुख सुमेर सम, तदपि खभारु ॥’; अर्थात कण भर (सानो) दु:ख पनि धेरै भारी लाग्न सक्छ, जबकि पर्वत समान सुख सानो लाग्दछ ! धेरै व्यक्तिहरुले यसको अनुभव गरेका होलान् । सामान्यतः मानव जीवनमा सुख २५ प्रतिशत अनि दुःख ७५ प्रतिशत हुन्छ । अधिकांश व्यक्तिहरुलाई आनन्द प्राप्ति कसरी गर्न सकिन्छ यो थाहा छैन । त्यसैले प्रत्येक व्यक्ति पञ्चज्ञानेन्द्रिय, मन एवं बुद्धिद्वारा नै किन नहोस् केहि समयको लागि भए पनि, सुख पाउनको लागि प्रयत्न गर्दछ । 

प्राचीन कालमा हाम्रो धर्मशास्त्रमा चार आश्रम हुन्थ्यो- ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम तथा संन्यासाश्रम । यहाँ बाल्यकालदेखि युवावस्थासम्म, गुरुकुलमा नै हाम्रो धर्मशास्त्रको अध्ययन हुन्थ्यो । त्यहिबाट जीवनको महत्त्व अनि जीवनको उद्देश्य स्पष्ट हुन जान्छ । त्यसपछि गृहस्थाश्रममा घर व्यवहार चलाउने अनि त्यसपछि वानप्रस्थाश्रममा त्यागको भावना सिकाउँदथ्यो । यस कारण मनुष्य मायाजालमा नफसेर वर्तमानकालमा जीउँदथ्यो । आज पनि तपाई देख्न सक्नु हुन्छ, कुनै पनि प्राणी, चराचुरुङ्गी आफ्नो घरमा कुनै वस्तु संचय गरेर राख्दैनन् । जबकि मानव सबै भन्दा बुद्धिमान हुँदा हुँदै पनि संचय गर्नमा नै पूरा जीवन बिताई दिन्छ । सबैलाई थाहा छ कि एक दिन फ्ल्याट, बंगला, फार्म हाउस, गाडी, भव्य कार्यालय सबै छोडेर जानुपर्छ, केहि पनि साथमा आउँदैन, तर पनि पूरा जीवन यसैमा बिताई दिन्छ । यदि युवावस्थामा नै यी कुरा ध्यानमा आयो भने मलाई यो चाहियो त्यो चाहियो यो विचार गरिरहने अनि यदि मिलेन भने निराशा, तनाव, चिन्ता, आत्महत्याको विचार, शारीरिक व्याधिहरु इत्यादि संकटमा हामी फस्न सक्दैनौं । यस कारण मनुष्यलाई युवावस्थामा नै कर्म, प्रारब्ध अनि जीवनको उद्देश्य जान्नको लागि आध्यात्मले नै मार्गदर्शन गर्न सक्छ ।

युवालाई आध्यात्मको कुराहरु पट्यार लाग्नसक्छ । उसलाई लाग्दछ कि यसको लागि समय भएको छैन । यो आयु भगवद्-भजन गर्नको लागि होइन । कसैको पनि मनमा यो सहज प्रश्न उठ्न सक्छ कि वैज्ञानिक युगमा रहेर पनि आधुनिक विज्ञान छोडेर, आध्यात्मशास्त्रको अभ्यास किन गर्नु पर्यो अर्थात चक्रलाई उल्टो घुमाउन किन आवश्यक छ ? ‘सुन कहिले पुरानो हुँदैन’, यो भनाई अनुसार आध्यात्मिक उन्नतिको लागि विज्ञान होइन, आध्यात्मशास्त्र नै उपयुक्त हुन्छ । यस तथ्यलाई बुझ्नको लागि विज्ञान एवं आध्यात्मको केहि तुलनात्मक मुद्दाहरुमा हामीले ध्यान दिनु पर्छ ।

विज्ञानको व्याख्या के हो ? ‘विगतं ज्ञानं यस्मात् तत् ।’, अर्थात ‘जसबाट ज्ञान निकाल्यो, त्यो विज्ञान हो, यस्तो छ विनोदी विज्ञान; तर अर्थपूर्ण व्युत्पत्ति । ‘सा विद्या या विमुक्तये।’, अर्थात जसले मुक्ति दिन्छ त्यसलाई नै विद्या / ज्ञान भनिन्छ ।’ यस्तो ज्ञान केवल आध्यात्मशास्त्रबाट मिल्दछ । दोस्रो भेद हो - विज्ञानको ‘सत्य’मा निरन्तर परिवर्तन भई रहन्छ । जस्तै आज डार्विनको सिद्धान्त गलत भनि रहेको छ । विज्ञानको पुस्तकहरुको सुधारित संस्करण छाप्नु पर्दछ । संक्षेपमा, विज्ञान अपूर्ण एवं असत्यको शास्त्र हो । यसको विपरीत आत्मज्ञानमा परिवर्तन हुँदैन । आध्यात्मको अनुसन्धानबाट प्राप्त सत्य त्रिकाल अबाधित एवं शाश्वत हुन्छ । त्यसैले वेद, उपनिषद आदि का पुनर्मुद्रण हुन्छन्, सुधारित संस्करण कहिले पनि हुँदैन । तेस्रो भेद हो - विज्ञान द्वारा जुन यो जन्ममा अनुभव द्वारा सिकेका हुन्छौं, आउँने जन्ममा पुन: त्यही सिक्नु पर्दछ, उदा. पढाई-लेखाई । तर आध्यात्ममा जुन यो जन्ममा अनुभूति द्वारा सिकेको हुन्छ, त्यो आउँने जन्ममा पनि ज्ञात रहन्छ ।

समाजको धेरै व्यक्तिहरु पैसा, गाडी, बंगला जस्ता साधन हुँदा पनि सुखी छैनन् । विज्ञानद्वारा गरेको भौतिक प्रगतिको कारण सुख भोग्नको लागि विभिन्न साधनहरु उपलब्ध छन्; तर त्यसले केवल तात्कालिक सुख दिन्छ । विज्ञानले चिरकालीन सुख अर्थात आनन्द दिदैन; त्यसैले आध्यात्म नै आवश्यक छ, यो कुरा अझै पनि समाजको धेरै व्यक्तिहरुले बुझ्दैनन् । यो बुझ्नको लागि आध्यात्मको जानकारी लिन आवश्यक छ । त्यसैले तपाईको व्यावहारिक लाभको लागि साधनाको साथ-साथ विज्ञानको उपयोग अवश्य गर्नुहोस् । हामीले जीवनको वास्तविक आनन्द लिनुछ अनि त्यसको रहस्य बुझ्नुछ, तब आध्यात्म बाहेक सम्भव छैन ।

आध्यात्म किन सिक्नुपर्छ ?
स्वामी विवेकानंदको एक कथन छ, ‘अन्नदान, प्राणदान एवं विद्यादान, यी सबैभन्दा श्रेष्ठ हो धर्मदान ।’आज समाज आध्यात्मको ज्ञानबाट विमुख हुँदै गई रहेको छ, त्यसैले मानिसलाई आध्यात्म एवं धर्मको वास्तविक पहिचान गराउँनु, श्रेष्ठ कार्य हो । आज समाजको स्थिति ‘हात्ती र छः अन्धा’को कथा समान भएको छ । समाजको बिभिन्न व्यक्तिहरु आफ्नो-आफ्नो सोच अनुसार ईश्वर, धर्म एवं आध्यात्म को अर्थ लगाईरहेका छन् । यस्तो व्यक्तिहरुलाई उचित शिक्षा दिन आध्यात्म प्रसारबाट सम्भव हुन्छ ।

धेरै व्यक्तिहरु जीवनभरि स्वयं निर्धारित साधना गर्दछन् । जस्तै कोहि वेदाध्ययन, कोहि करोड नामजप, कोहि गायत्रीमन्त्रको पुरश्चरण, कोहि तीर्थक्षेत्रको तीस-चालीस पैदल यात्राहरु इत्यादि । ती सबै गरेपनि आध्यात्ममा ज्यादै कम प्रगति गरेको देखाई दिन्छ । यसको कारण के हो ? किनकि उनले जुन स्वयं निर्धारित साधना गर्यो, त्यो उनको लागि अनुचित छ । व्यक्तिलाई उचित साधनाको जानकारी मिल्यो भने तब उनलाई लाभ हुन्छ । अनि आध्यात्मको महत्त्व बुझ्न सक्छ ।

धेरै व्यक्तिहरु ठक्कर खाएपछि भगवानलाई मान्न नै छोडिदिन्छन् । हामी उसलाई नास्तिक भन्न सक्छौं ? धेरै नास्तिहरुलाई लाग्दछन् कि ‘आध्यात्म’ उनीहरुको विषय होइन । उनीहरुलाई लाग्दछन् कि आध्यात्मिक उन्नति ईश्वरसँग नै सम्बन्धित हुन्छ । यो गलत विचार हो । साधना गर्ने लगभग ९० देखि ९५ प्रतिशत व्यक्ति आध्यात्मिक उन्नतिको लागि भक्तिमार्ग नै अपनाउँदछन् । त्यसैले केहि व्यक्तिको मनामा यो धारणा बनेको छ कि आध्यात्मिक उन्नतिको लागि भक्ति नै गर्नुपर्छ र जब भगवानमा विश्वास नै छैन त उनको भक्ति कसरी गर्ने ? यहि सबै सोचेर यो निष्कर्षमा पुग्दछ कि ‘यो सबै मेरो लागि होइन ।’ उसले यो जान्दैन कि नास्तिकको गुरु मानिने सांख्य विचारधाराको ऋषिमुनिले पनि आध्यात्मिक उन्नति गरि मोक्षप्राप्ति गरे । 

पतन्जलिको १९५ योगसूत्रहरुबाट केवल ७ सूत्र भगवानसँग सम्बन्धित छन्, शेष १८८ सूत्रहरुमा भगवानको उल्लेख नै छैन । यदि नास्तिक यी १८८ सूत्रहरुको पालन गरे भने आध्यात्मिक उन्नति गरि अवश्य मोक्षप्राप्ति गर्न सक्छन् ! नास्तिकको भ्रमको दोस्रो महत्त्वपूर्ण कारण हो ‘मोक्ष’एवं ‘आध्यात्मिक उन्नति’इत्यादि शब्दहरुको सही अर्थ बुझ्न नसक्नु । संक्षेपमा, आध्यात्मिक उन्नतिको अर्थ हो सुख-दुःख भन्दा पर जुन आनन्द छ, त्यसको अनुभूति प्राप्त गर्नु । यसलाई निरन्तर प्राप्त गरिरहनु नै मोक्ष हो ।

पंचज्ञानेन्द्रिय, पंचकर्मेन्द्रिय, मन, चित्त एवं बुद्धि, यी सबैका कार्यहरु भिन्न छन् । उदाहरण को लागि मनले भावनाहरुलाई बुझ्दछ अनि जिब्रोलाई स्वादको अनुभूति हुन्छ । जस्तो कुनै पदार्थमा मिठासको प्रमाण तराजूबाट जोख्न सकिदैन, यस प्रकार यस्तो अनुभवजन्य कुराको नापतौल बुद्धि द्वारा असम्भव हुन्छ । त्यसैले यो सोच्नु अनुचित हुन्छ कि ‘जुन बुद्धिद्वारा बुझ्न सक्छ, त्यहि सत्य हो ।’

आध्यात्मिक उन्नतिको अनुभूतिहरु पनि बुद्धिको बुझाइ भन्दा पर छ, तब यहाँ बुद्धिप्रमाण कसरी लागू हुन्छ ? जस्तै प्रभामण्डल, राम्रो एवं अनिष्ट शक्तिहरु इत्यादि विषयहरु बुद्धिको बुझाइ भन्दा पर छन्, यस प्रकार ईश्वर पनि बुद्धि भन्दा पर छ । त्यसो भए आध्यात्मको ग्रन्थ किन पढ्ने, यो प्रश्न केहि व्यक्तिको मनमा उठ्न सक्छ । यसको उत्तर यो हो कि शक्करको स्वाद बुद्धि भन्दा पर भए पनि स्वादको अनुभूति लिनको लागि शक्कर सेवन गर्ने निर्णय बुद्धि द्वारा गरि त्यसलाई चाख्नु पर्दछ ! साधना गर्नको लागि पनि बुद्धिको प्रयोग गरेर नै बुद्धि भन्दा परे आत्मानुभूतिको आनन्दको अनुभव गर्न सकिन्छ । बुद्धिमान मनुष्यलाई वाद-विवादको बलमा आध्यात्मज्ञानको विश्वास दिनको लागि उपनिषद लेखेको होइन; तर जिज्ञासुलाई अनुभूतिको मार्ग देखाउँनको लागि लेखेको हो ।’यस्तो एउटा वचन छ । त्यसैले कुनै पनि विषयको अभ्यास नगरि त्यसमा लेख्नु अथवा बोल्नु अनुचित हो, यो सरल सीधा कुरा बुद्धिजीविले बुझ्न सक्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ