arrow

जन्मदिनको अवसरमा खाद्यान्न र नगद वितरण

logo
प्रकाशित २०७३ जेठ २८ शुक्रबार
Birthday.jpg.jpeg
कास्की । कास्कीका पदमराज पौडेलले छोरी सहाराको जन्मदिनका अवसरमा मानसिक तथा शारीरिक रुपमा अशक्तहरुलाई खाद्यान्न तथा नगद सहयोग प्रदान गर्नु भएको छ । 
 
काठमाडौंको टाउन प्लानिङ सामाखुशीमा रहेको मानव सेवा आश्रममा रहेका मानसिक र शारीरिक रुपमा अशक्त नागरिकलाई उहाँले खाना खुवाउन १५ हजारको खाद्यान्न र १० हजार नगद प्रदान गर्नु भएको हो । 
 
सो आश्रममा २४ दिनको नाबालक र ८३ वर्षका वृद्ध सहित २५ जनाले आश्रय पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ