arrow

परराष्ट्रमन्त्री थापा भारत प्रस्थान

logo
प्रकाशित २०७३ जेठ २८ शुक्रबार
kamal-thapa.JPG.jpeg
काठमाडौँ। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्।
 
भारतमा रहँदा परराष्ट्र मन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
 
नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा उनले भने – “दुई दिने भारत बसाइमा भारतको नेतृत्व तह र पदाधिकारीहरुसँग दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्ने विषयमा विचारको आदानप्रदान हुनेछ।”
 
उपप्रधानमन्त्री थापा आगामी आइतबार स्वदेश फर्कनेछन्। उनको बिदाइका लागि परराष्ट्र मन्त्रालयका उच्च अधिकृत तथा नेपालका लागि भारतीय राजदूत रणजीत राय विमानस्थल पुगेका थिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ