arrow

देउवाद्वारा थप ३ जना केन्द्रीय सदस्यमा नियुक्त (विज्ञप्ती)

logo
प्रकाशित २०७३ जेठ २८ शुक्रबार
congress-3-members.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा थप ३ जनालाई नियुक्त गरेका छन्। शुक्रबार काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरी थप तीन जना केन्द्रीय सदस्य थप गरिएको जनाएका छन्। 
 
नेपाली कांग्रेसको विधान बमोजिम झापाका केशवकुमार बुढाथोकी, वर्दियाका किशोरसिंह राठौर र महोत्तरीका श्यामकुमार घिमिरेलाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको नेपाली काँग्रसले जनाएको छ। 
यस अघि सभापति देउवाले ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेकोमा शुक्रबार थप ३ जना भएका हुन्। गत फागुन भएको महाधिवेशनबाट नयाँ नेतृत्व आएपनि नेपाली काँग्रसले अझै मनोनित हुने एक/एक जना उपसभापति, महामन्त्री र सहमहामन्त्री सहित बाँकी ११ केन्द्रीय सदस्यहरू नियुक्त गर्न सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ