arrow

काँग्रेस सरकार परिवर्तनको पक्षमा छ : शेखर कोइराला

logo
प्रकाशित २०७३ जेठ २८ शुक्रबार
shekhar-Koirala.jpg.jpeg
भक्तपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेस सरकार परिवर्तनको पक्षमा भएको बताएका छन्।
 
नेपाल स्वास्थ्यकर्मी सङ्घको राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्दै उनले काँग्रेस सधैं प्रतिपक्षमा नबस्ने स्पष्ट गरे। उनले उग्रराष्ट्रवादले मुलुकमा विदेशी हस्तक्षेप बढेको र त्यसले नेपालको राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बनाएको विचार व्यक्त गरे।
 
उनले आम्दानीको तुलनामा निकै बढी खर्च गर्ने लक्ष्य राखेको बजेटको कार्यान्वयन पक्ष कमजोर भए मुलुक धरासायी बन्ने आशङ्का व्यक्त गरे। दुई दिनसम्म चल्ने भेलामा ७५ जिल्लाका करिब २०० स्वास्थ्यकर्मीको सहभागिता छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ