arrow

सिराहामा जिल्ला प्रशासनद्धारा विपन्नलाई सेवासँगै न्यानो कपडा वितरण कार्यको थालनी 

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
siraha-help.jpg

सिराहा । तराई मधेशमा जाडो बढी शीत लहरीको प्रभाव देखिएसँगै सिराहा जिल्ला प्रशासनले ‘शीत लहरी पूर्व तयारी तथा प्रतिकार्य योजना, २०७७’ तर्जुमा गरी लक्षित उन्मुख कार्यक्रम विस्तार गरेको छ । ‘हुनेले नहुनेलाई न्यानो कपडा दिउँ’ भन्ने अभियानलाई सार्थक तुल्याउन सिराहाका १७ वटै स्थानीय तह एवं ईच्छुक सबैमा आह्वान गरिएको छ ।

यसैबीच सिराहा जिल्ला प्रशासनले सेवा लिन आउने अति विपन्नलाई सार्वजनिक सेवासँगै न्यानो कपडासमेत वितरण गर्ने कार्यको थालनी गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । 

नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखाको सहकार्यमा बुधबार विपन्न सेवाग्राहीलाई कम्बल वितरण गरिएको छ ।
अन्य दाताहरुले पनि जिल्ला प्रशासनको समन्वयमा जिल्लाका ग्रामीण बस्तीका विपन्नलाई न्यानो कपडा वितरण विस्तार गरेका छन् ।

गत मंसिर २८ गते लघुवित्त प्रालि शुखिपुरले सो क्षेत्रका १५० विपन्नलाई कम्वल वितरण गरेको छ । यसैबीच जिल्ला समन्वय समितिको कार्यालय सिराहाले ‘क्लोथ बैंक’ संचालनमा ल्याउने नीतिगत निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ