arrow

पैसाका लागि साथीको हत्या गर्ने पक्राउ

logo
प्रकाशित २०७३ जेठ २८ शुक्रबार
Hatkadi-2.jpg.jpeg
काठमाडौँ । साथीको हत्या गर्ने सिन्धुपाल्चोक दुवाचौर–८ का बलराम ज्योतिलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ । 
 
गत वैशाख २० गते काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित मङ्गललाल श्रेष्ठको खेतमा सिन्धुपाल्चोक दुवाचौर–८ घर भई तिनचुली बस्ने २४ वर्षीय लाक्पा तामाङको हत्या भएको अवस्थामा शव फेला परेको थियो । 
 
बालककालदेखिका साथी मृतक तामाङ र अभियुक्त ज्योति तिनचुलीमा एउटै कोठामा बस्दै आएका र उनीहरुले गत वैशाख १९ गते राति रक्सी खाएर सुतिरहेको एकजना अपरिचित व्यक्तिको साथमा रहेको रु १० हजार लुटेका थिए र लुटेको पैसा एक्लै लिने प्रयासमा ज्योतिले तामाङको हत्या गरी फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
 
घटनापश्चात फरार रहेका ज्योतिलाई बिहीबार प्रहरीले काठमाडौं आएको अवस्थामा दक्षिणढोकाबाट पक्राउ गरेको आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो । ज्योति चोरीका अन्य घटनामा समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ