arrow

कोकाकोला विद्यालयस्तरीय फुटबल प्रतियोगिता

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
foot.jpg.jpeg
सुर्खेत। वीरेन्द्रनगरमा संचालित कोकाकोला कप विद्यालयस्तरीय फुटबल प्रतियोगिताको दोश्रो दिन आज (शुक्रबार)  तीन वटा खेलहरु सम्पन्न भएका छन ।
 
विहान भएको पहिलो खेलमा सिद्धार्थ एकेडेमीले साविक विजेता सूर्यज्योति उच्च माविलाई पाखा लगाउँदै विजयी शुरुवात गरेको छ ।
 
निकै प्रतिष्पर्धात्मक खेलको निर्धारित र थप समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको छिनोफानो पेनाल्टी शुटआउटबाट लगाइएको हो ।
 
टाइब्रेकरमा सिद्धार्थले ७ गोल गर्दा जम्मा ५ गोल फर्काएको साविक विजेता सूर्यज्योति प्रतियोगिताको आफ्नो पहिलो खेलबाटै बाहिरिएको हो ।
 
यसैगरी दिउँसो भएको दोश्रो खेलमा कोपिला भ्यालीले नेरा उच्च माविमाथि ३ शून्यको सहज नतिजा आत्मसाथ गरेको छ ।
 
खेल शुरु भएको दोश्रो मिनेटमै भक्त सिंजालीले गोल गरेपछि खेलमा दबाव बढाएको कोपिलाका लागि ५१ औं मिनेटमा वीरेन्द्र सिंह र लगत्तै ५२ औं मिनेटमा सागर सुनारले तेश्रो गोल थप्दै जीत निश्चित बनाए ।
 
यसैगरी आजै भएको तेश्रो खेलमा सुर्खेत एजुकेशन डेभलप्मेन्ट एकेडेमी सेडाले सुर्खेत होराइजन एकेडेमीमाथि १ शून्यको संघर्षपूर्ण नतिजा निकालेको छ ।
 
पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोश्रो हाफको ५४ औं मिनेटमा सेडाका तर्फबाट गौरभ शर्माले गरेको एक मात्र गोल निर्णायक बन्दा सेडाले कठिन जीत हात पारेको हो ।
 
प्रतियोगिताअन्तर्गत भोलि शनिबार विहानको पहिलो खेलमा साउथ एशियन स्कालर्स एकेडेमी र बुलबुले एकेडेमी तथा, दिउँसो हुने खेलमा अमर ज्योति उच्चमावि र विद्याज्योति तथा उषा बालबाटिका र सुप्रिमबीच प्रतिष्पर्धा हुने भएको छ ।
 
छात्रतर्फको प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा बढि २४ टिमको सहभागिता रहेको आयोजक सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले बताएका छन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ