- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पार्टी फुटेपछि बागमती प्रदेश सरकार तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन ।
प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन ।
तीनजै जना मन्त्रीको हस्ताक्षर सहित जारी विज्ञप्तीमा उनीहरुले मुख्यमन्त्रीका कारण जनताप्रति सरकार जवाफदेहीविहिन बन्दै गएको बताएका छन ।
पत्रमा पार्टी माथी अकल्पनिय संकट आइपरेको र पार्टी एकतालाई बचाउन आफूहरु प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ ।