arrow

मोटरसाइकल दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

logo
शैलेन्द्र रोकाया।
प्रकाशित २०७३ जेठ २९ शनिबार
bajhang.jpg.jpeg
 बझाङ। शुक्रबार जिल्ला भित्रकै मेनरोड चेकिङमा हिँडेका ट्राफिक प्रहरीको मोटर साइकल दुर्घटनाबाट मृत्यु भएको छ। से ३ ब ९२७८ नम्बरको मोटर साइकल दुर्घटना परि मृत्यु हुनेमा २८ बर्षिय ट्राफिक प्रहरी जवान दान बहादुर बिष्ट रहेका छन्। 
 
दुर्घटनाबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएका प्रहरी जवानको जिल्ला अस्पताल बझाङ उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरि लैजादै गर्दा डडेल्धुराको उपक्षेत्रिय अस्पतालमा मृत्यु भएको हो।  
 
ट्राफिक पोष्ट सिमेखेतबाट तमेल हिँडेका प्रहरी जवान तमेल नजिकैको घुम्ती मोडमा मोटर साइकल दुर्घटना हुँदा बिष्टको मृत्यु भएको ट्राफिक हबल्दार गोविन्द सिंह ठगुन्नाले बताए। उनले भने जिल्ला अस्पताल बझाङले रिफर गरेपछि नेपालगञ्ज नपुग्दै उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उनको मृत्यु भएको थियो।
 
६ महिना अगाडि बझाङ आएका प्रहरी जवान बिष्टको घर छिमेकी जिल्ला बाजुराको बारबिस गाविसमा हो। दुर्घटनामा ट्राफिक प्रहरीसँगै मोटर साइकलमा रहेका सुदूरपश्चिम बस व्यवसाय समितिका कर्मचारी दिपक कठायत भने घाइते भएका प्रहरीले वताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ